१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता भोली देखि सञ्चालन हुदै

  • अशाेक भण्डारी

  • बाँकेको कोहलपुर नगरपालिका—२ तेह्र विगाहमा ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८०’ भोली बुधबार ११ बजे देखी सुरु हुने भएको छ ।
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले मंसिर २७ देखि २९ गतेसम्म १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु हुने भएको हो ।
    १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको सुरक्षा तथा स्वयमंसेवक परिचालन संयोजक महेन्द्र कार्कीले नमस्ते कर्णाली दैनिक लाई जानकारी दिए ।
    राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ४७ वटा संस्थागत विद्यालयहरु आवद्ध भएको क्रिसा बाँकेले ३ तह (१—५, ६—८ र ९—१२) मा खेलकुद प्रतियोगिता गर्न लागेको हो ।
    (१—५, ६—८ र ९—१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

    २०६५ सालमा स्थापना भएको क्रिसा बाँकेले विगतदेखि संस्थागत विद्यालयहरुको हकहितका पक्षमा वकालत गर्दै आएको छ ।
    आयोजकका अनुसार १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रति विद्यामा छात्र÷छात्रा छुट्छुटै प्रतिस्पर्धा गर्ने बताईएको छ ।

  • २६ मंसिर २०८०, मंगलवार १८:५० प्रकाशित

  • Nabintech