बाजुरा हिमालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ।

    गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ ।

    जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष १५ गते भित्र पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरि खेलाडी छनौट गरि सक्नु पर्ने जनाएको थियो । सोहि अनुसार मंसिर २१ गते बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड पौष ६ गते बाट सुरु हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी बताएका छन।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका (संशोधन सहित) २०७० अनुसार गाउँपालिका माध्यमिक बिधालयहरु बिच यस भवानी माध्यमिक बिधालय हिमाली गाउँपालिका वा नम्बर ६ धुलाचौरमा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगीतामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७० (संशोधन सहित) बमोजिम उमेर समुह र कक्षालाई सहभागी हुने पाउने सबै विद्यालयहरु लाई गाउँपालिकाले सूचना मार्फत निर्देशन दिएको छ ।

    प्रतियोगितामा छात्र/छात्रा भलिबल, एथेलेटिक्स दौड (ट्र्याक) तर्फ छात्र/छात्रा १०० मिटर २०० मिटर ४०० मिटर ८०० मिटर १५०० मिटर ४×१०० मिटर ४×४०० मिटर उफ्रिने र फ्याक्ने (फिल्ड) तर्फ छात्र/छात्रा हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो र सटफुट लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

  • २७ मंसिर २०८०, बुधबार १५:२२ प्रकाशित

  • Nabintech