‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८०’ सुरु (फोटोफिचर सहित)

  • अशाेक भण्डारी

  • बाँकेको कोहलपुर नगरपालिका—२ तेह्र विगाहमा ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८०’ आज देखि सुरु हुने भएको छ ।
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले मंसिर २७ देखि २९ गतेसम्म १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० उद्घाटन कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आर्चायले गर्नु भयो ।


    प्रतियोगिताको उद्घाटन गर्दै मयेर आचार्यले क्रिसाले संस्थागत हितका लागी काम गर्नुपर्ने बताउदै संस्थागत रुपमा केही वेमेल भए मेल गरायर अगाडी बढ्नु पर्ने बताउनु भयो । केही दिन पछी कोहलपुर नगरपालिका मेयर कप तथा राष्ट्रपती रनिङ शिल्ड हुने बताउनु भयो । यस्तै एन प्यावसन केन्द्रिय उपमहासचिब कुशुम रानाभाटले क्रिसाले खेदकुदमा दिएको योगदान सधै उच्च हुनु पर्ने बताउनु भयो ।
    आज भएको मार्चपासमा कोहलपुर ६ मा रहेको विद्यासदन मा.वि. प्रथम त्यस्तै कोहलपुर ३ मदनचोकमा रहको काेहलपुर बागेश्वरी ई.मि.स्कुल द्धितिय र कोहलपुर ५ मा रहेको पंचमुखी ई.मी.स्कुल तृतीय स्थान हासिल गरेका छन् ।
    राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ४७ वटा संस्थागत विद्यालयहरु आवद्ध रहेकोमा २६ वटा स्कुलले भाग लिएका छन ।
    (१—५, ६—८ र ९—१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।
    आयोजकका अनुसार १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रति विद्यामा छात्र÷छात्रा छुट्छुटै प्रतिस्पर्धा हुने छ ।

  • २७ मंसिर २०८०, बुधबार २०:१९ प्रकाशित

  • Nabintech