कोहलपुरकाे मदनचोकमा बोलेरोको ठक्करबाट प्रहरी जवानको मृत्यु

  • नमस्ते कर्णाली

  • गएराती बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोक नजिकै बोलेरोको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। संगै रहेका अर्का प्रहरी घाइते भएका छन्। जिल्ला रुकुम पश्चिम मुसिकोट घर भई हाल इलाका प्रहरी कार्यालय कोहलपुरको मातहत प्रहरी बिट मदन चोकमा कार्यरत वर्ष ३२ को विशाल वलीको मृत्यु भएको हो।

    यस्तै सोही ठक्करबाट बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला ट्राफिक कार्यालयको मातहत अस्थाई ट्राफिक पोस्ट चेपाङ्ग बबईमा कार्यरत वर्ष ३२ को प्रहरी सहायक हवल्दार लाल बहादुर बुढा क्षेत्री गभिर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आइरहेको भे १ च ३४०७ नम्बरको बोलेरोले गए राति दुवैजनालाई मदनचोकमा ठक्कर दिएको थियो। बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लगिएकोमा उपचारको क्रममा प्रहरी जवान विशाल वलीको मृत्यु भएको हो भने प्रहरी सहायक हवल्दार लाल बहादुर बुढा क्षेत्रीको उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान  गरिरहेको इलाका प्रहरी कार्यलय काेहलपुरले जानकारी दिएकाे छ ।

     

  • २९ मंसिर २०८०, शुक्रबार ०९:०७ प्रकाशित

  • Nabintech