आध्यात्मिकताको अगुवाईमा लैंगिक हिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षण गोष्ठी सम्पन्न

  • सनत हमाल

  • मुगु, मंसिर २९ गते

    मुगु- आध्यात्मिकताको अगुवाईमा  लैंगिकहिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बालीसंरक्षण गोष्ठी सम्पन्न भयको छ। लैंगिक हिंसा न्यूनीकरण तथा रैथाने बाली संरक्षण लोप हुँदै गएपछि श्रीविश्व हिन्दु महासंघ नेपाल मुगु, श्री नारी उत्थान तथा सचेतना केन्द्र मुगु श्री ओम सत्य साइराम मुगुलेपछिल्लो समय लैंगिकहिंसा न्यूनीकरण तथा स्थानीय रैथाने बाली संरक्षणमा जोड दिएको ।समुदायस्थरमा लैंगिक हिंसा न्यूनीकरण स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बालीसंरक्षण गर्न लागेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुले जनाएको

    समुदायमा लैंगिकहिंसा लाई कसरि न्यूनीकरण गर्न सकिन्छ यहाँ उत्पादन हुने सिमी, चिनो, कागुनो, उवा, कोदो, फापर, मकै, जौ लगायतका अन्न स्थानीय जातको बाली पछिल्लो समय हराउँदै गएका छन् तीबालीको संरक्षण गर्न बिभिन्न अनुदानका कार्यक्रम अघि सारेको धार्मिक तथा सामाजिक अगुवा बिगत लामोबर्षदेखी धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आउनु भयकी अन्तर्राष्ट्रिय बिश्व हिन्दू महासँघ नेपालीकेन्द्रीय सदस्य तथा नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी संयोजक चेतना मल्ल शाहीले बताउनुभयो 

    स्थानीय रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेकोकार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढीभएकाले संरक्षणमा जोड दिएको भनाइ उहाँको  

    व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत बिउबिजन, कृषि औजार सहयोग गर्नेकार्यक्रम रहेको उहाँले बताउनुभयो पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको मागबढेको बताइएको  

    स्थानीय बजारमा सिमी,फापर, कोदो,मकै, चिनो,कागुनो, उवाको माग बढेको रैथानले बालीलाईव्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेकोदेखिन्छ 

    रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई अहिले स्थानीयहोटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको  

    रैथाने बालीको संरक्षण प्रवर्धन गर्नका लागि बजार क्षेत्रमा बिभिन्न कोशेलीघर सञ्चालन गर्दै आएकाछन् नयाँ उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको छायानाथ कोशेलीघर मुगुकासंचालकले बताय।  

  • २९ मंसिर २०८०, शुक्रबार १८:५२ प्रकाशित

  • Nabintech