१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा (६-८) को उपाधि कोहलपुर बागेश्वरी ईमी स्कुललाई

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (६-८) को उपाधि कोहलपुर बागेश्वरी ईमी स्कुलले हात पारेकाे छ ।

    कक्षा ६-८ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ पार्वती बुढाले १०० र ४०० मिटर दौडमा प्रथम भएकी थिइन् भने आशिक विकले ४०० मिटर दौडमा प्रथम र १०० मिटर दौडमा द्धितीय स्थान ल्याउन सफल भएका थिए ।

    कक्षा ९-१२ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ शन्देश जैसीले १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भए ।

    यस्तै कक्षा १-५ मा बागेश्वरी ईमी स्कुलका छात्रतर्फ युवराज देवकोटाले १०० मिटर र २०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गरे भने छात्रातर्फ निरुता मल्ले १०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गर्न सफल भईन ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा बुधबारदेखि १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको थियो ।

    राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका थिए । ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

    (१-५, ६-८ र ९-१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा भएको हो ।

    १०० मिटर, २०० मिटर, ४०० मिटर, ४x१०० मिटर र ४x४०० मिटर रिले दौड, फुट्सल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए भने प्रतियोगितामाप्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भएको क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले बताए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • २९ मंसिर २०८०, शुक्रबार १९:३० प्रकाशित

  • Nabintech