१४औं क्रिसा रनिङ्ग शिल्ड (१-५ )को उपाधि फुलबारीलाई

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिका-२ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (१-५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले  हात पारेकाे छ ।तीन तह मा भएको खेलमा  (१-५) को उपाधि फुलबारी एजुकेशन एकेडेमीले हात पारेकाे हाे ।

    कक्षा (१-५) तहमा भएको प्रतियोगितामा फुलबारी एजुकेशन एकेडेमी प्रथम, हिमालय विद्या निकेतन द्धितीय र स्काई ल्याण्ड ईमी स्कुल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

    फुलबारी एजुकेशन एकेडेमीका छात्र सन्देश विसीले १०० मिटर, २०० मिटरमा प्रथम भएका थिए ।, तेस्तै फुस्टलमा छात्रतर्फ प्रथम भई कक्षा (१-५) को उपाधि  हात पार्न पुगेकाे हाे ।

    यस्तै फुलबारी एजुकेशन एकेडेमीका छात्र सुप्रिम भुजुले कक्षा (६-८) मा १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भएका थिए भने ४०० मिटर दौडमा अन्जु थारु तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।

    यस्तै ४x१०० मिटर दौडमा रमित बाथ, अनुज थारु, सुप्रिम भुजु, र कविराज बिके तृतीय र सटफुटमा विपासा थापाले तृतीय स्थान ल्याउन सफल भएकी थिइन् ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

    राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका थिए । ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

  • २९ मंसिर २०८०, शुक्रबार २०:४० प्रकाशित

  • Nabintech