नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मुगुले २०८० फागुन ५ र ६ गते जिल्ला अधिवेशन गर्ने

  • सनत हमाल

  • मुगु ,  नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको जिल्ला अधिवेशन गर्ने  भएकोछ । मंसीर २८ र २९ गते बसेको जिल्ला कमिटीको सातौं पूर्ण बैठकले नवौ जिल्ला अधिवेशनको मितिआउँदो फागुन ५ र ६ गते जिल्ला अधिवेशन गरिने निर्णय तय गरेको पार्टी जिल्ला अध्यक्ष धर्म बहादुर शाहीलेजानकारी दिनुभयो ।

    यसैगरी पालिका स्तरिय गाउँ कमिटि र नगर कमिटिका कार्ययोजना तयार गरी पार्टीका कामहरु विस्तार गरिसंगठित सदस्यता अद्यावधिक गर्ने ।

    जिल्ला कमिटि मुगुको कार्यालय टिमले गरेको कार्वाहीलाई अनुमोदन र माथिल्ला कमिटिकापदाधिकारीलाई पार्टी परित्याग गरेकोमा कार्वाहिका लागी प्रदेश कमिटि हुदै केन्द्रिय कमिटिमा सिफारिसगर्ने।गाउँ कमिटि र नगर कमिटिका निर्णयहरु अनुमोदन गर्ने ।

    जनबर्गीय सँगठन अर्न्तगतका किसान संघ र दलित मुक्ति मोर्चाको जिल्ला अधिवेशन खत्याडगाउपालीकामा मिति २०८० पौष १५ र १६ गते गर्ने र युवा संघ र अनेरास्ववियूको जिल्ला अधिवेशन सोरुगाउपालीकामा गर्ने उहाँले बताउनुभयो ।

  • ३० मंसिर २०८०, शनिबार १९:०९ प्रकाशित

  • Nabintech