प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता जारी (अपेटडसहित)

  • नमस्ते कर्णाली

  • कोहलपुर :  शुक्रबारदेखि कोहलपुरमा सुरु भएको प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० जारी छ । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा सुरु भएको प्रतियोगिताको आइतबार समापन हुने भएको हो । कोहलपुरमा पहिलोपटक सञ्चालन भएको प्रतियोगिता यही पुष ६ गते शुरु भएको थियो । प्रतियोगिताको पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएको थियो । दोस्रो दिन भने विभिन्न प्रतियोगिता सम्पन्न भए । प्रतियोगितामा कूल १२ वटा इभेन्समा प्रतिस्पर्धा भयो ।


    २७ विद्यालय सहभागी प्रतियोगितामा माध्यमिक तह र आधारभूत तह गरी दुई तहमा छात्र÷छात्रा बीच प्रतिष्पर्धा भएको थियो । शनिबार अबेरसम्मको जानकारी अनुसार आधारभूत तहमा १ सय मीटर छात्र÷छात्रा दौड सम्पन्न भएको छ । छात्रतर्फ ग्रीनपीस मावि चप्परगौडीका दिपेश भण्डारी प्रथम, निम्बल एकेडेमीका कृष्णबहादुर बुढा द्धितीय र सरस्वती ईग्लिस माविका सुमित डाँगी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    छात्रातर्फ भने गोर्खा युनाईटेड माविकी नुपुर श्रेष्ठ प्रथम, पयत्न माविकी पारुल चौधरी र साइनिङ स्टार माविकी सन्ध्या विष्ट तृतीय स्थान हासिल गर्न सफल भइन् । यस्तै आधारभूत तहको गणित दौड प्रतियोगितामा रामजानकी माविका निश्चल अधिकारी प्रथम, डाइनामिक माविकी रियान्सा न्यौपाने र कोहलपुर पाठशालाका एलन कटुवाल तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    यसैगरी माध्यमिक तहको १ सय मिटर दौड प्रतियोगितामा ग्रीनपिस मावि चप्परगौडीका उमेश डाँगी प्रथम, बालविद्या स्कुलका प्रतिक सुनार द्धितीय र बागेश्वरी एकेडेमीका साहिल कुमार सिंह तृतीय स्थान हासिल गर्न सफल भए । छात्रातर्फ भने गोर्खा युनाइटेडकी तुल्सा परियार प्रथम,ग्रीनपिसकी दिपा भण्डारी द्धितीय र एभरेष्ट सैनिक माविकी उर्मिला मल्ल तृतीय स्थान हासिल गर्न सफल भएको प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदीले बताए ।

    मावि तहकै ८ सय मिटर दौड प्रतियोगिताको छात्रतर्फ डाइनामिक माविका विकास रोकाया प्रथम, गोर्खा युनाइटेड माविका रमित सापकोटा र ग्रीनपिस माविका विशाल गिरीले तृतीय स्थान हासिल गरेका हुन् । छात्रातर्फ भने गोर्खा युनाइटेड माविकी दीपशिखा रानाभाट प्रथम,प्रयत्न माविकी निरुता बडुवाल द्धितीय र निम्बल एकेडेमीकी झरना केसी तृतीय स्थान हासिल गर्न सफल भइन् ।

    यस्तै १५ सय मीटर दौडमा निम्बल एकेडेमीका सौरभ वली प्रथम, डाइनामिक माविका विकास रोकाय र सरस्वती इंग्लिस माविका कृष्णबहादुर बुढा तृतीय स्थान हासिल गर्न सफल भए भने, छात्रातर्फ गोर्खा युनाइटेड माविकी आशिका कुमाल प्रथम र साइनिङ स्टार माविकी सर्मिला पोखरेल द्धितीय भइन् ।
    मावि तहकै लङजम्पमा रामजानकी माविका अनिल रानामगर ग्रीनपिस माविका उमेश डाँगी द्धितीय र बालविद्या स्कुलका नविन विक तृतीय भएको आयोजकले जनाएको छ । सटफुट प्रतियोगितामा डाइनामिक माविका विशाल खत्री प्रथम, राजजानकी माविका राज खड्का द्धितीय र विशाल गिरी तृतीय भएका छन् ।
    छात्रातर्फको सटपटमा डाइनामिक माविकी रन्जना मगर प्रथम,बालविद्या स्कुलकी आयसा शाही द्धितीय र साइनिङ स्टारकी ग्रेस्ना चिलवाल तृतीय भइन् । प्रतियोगितामा २७ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्याब्सन बैजनाथले सहकार्य गरेको छ । प्रतियोगितामा ७ सय ६१ जना मावि तह र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी छन् ।

     

  • ७ पुष २०८०, शनिबार १९:३१ प्रकाशित

  • Nabintech