बाघको आक्रमणबाट बालकको मृत्यु

  • नमस्ते कर्णाली

  • बाघको आक्रमणबाट बालकको मृत्यु

    बर्दिया : बर्दियामा बाघको आक्रमणमा परी एक बालकले ज्यान गुमाएका छन् । शनिबार जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ४ मा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बारबर्दिया–४ का १२ वर्षीय सुमित थारु रहेका छन् । मृतक थारुलाई शनिबार दिउँसो आक्रमण गरेको थियो । बारबर्दिया नगरपालिका वडा नम्बर ४ जिरा सामुदायिक वनमा बाघले बालकमाथि आक्रमण गरेको बताइएको छ ।

    डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार ती बालक बबई नदिमा नुहाउनका लागि वनक्षेत्र हुँदै जादै थिए । उनले बाघको आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई थप उपचारको लागि आरसी अस्पताल जयनगरमा लगिएको थियो ।

    तर, उपचार गराउन लैजादै गर्दा शनिबार दिउँसो १ बजेतिर मृत्यु भएको हो । स्थानीयका अनुसार बाघले आक्रमण गर्दा उनी एक्लै हिडिरहेका थिए । एक महिनायता त्यस क्षेत्रले बाघले बाख्रा,कुकुरदेखि मान्छेसम्मलाई आक्रमण गर्दै आएको छ । बर्दियामा वर्षेनी बाघको आक्रमणबाट स्थानीयको अकालमा ज्यान जाने गरेको छ । बाघको आक्रमणबाट बालकको मृत्यु भएपछि स्थानीय क्रसित भएका छन् ।

     

  • ८ पुष २०८०, आईतवार ११:४४ प्रकाशित

  • Nabintech