मुगुमा प्रहरीको आफ्नै सुविधायुक्त भवन उद्घाटन

  • सनत हमाल

  • जिल्ला प्रहरी कार्यालय मुगुको सुविधा सम्पन्न भवन उद्घाटन गरिएको आईतबार प्रहरी महानिरिक्षकबसन्तबहादुर कुँवरले उक्त भवनको उद्घाटन गरेका हुन्

           २०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगु हालसम्म जिर्ण भवनमा संचालनमा रहेकोथियो नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट २०७६ साल ठेक्का प्रक्रियामा गएको मुगु प्रहरीको भवनरोयल कन्ट्क्शन धनगडी कैलालीसँग भ्याट सहित करोड ५६ लाख ६३ हजार रुपैयामा २०७६ साल माघ गते निर्माण सम्झौता गरिएको थियो जुन भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियरअधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरु सुविधायुक्त निर्माण गरिएको

          भौगोलिक रुपमा कर्णाली प्रदेशको अति नै विकट जिल्लाका रुपमा चिनिने मुगु स्थित जिल्ला प्रहरीकार्यालयको आधुनिक सुविधायुक्त भवनहरुले यस जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको जिम्मेबारीनिर्बाह गर्न थप उर्जा हौसला थपिएको प्रदेश प्रहरी प्रमूख डिआईजी भमिप्रसाद ढकालले बताए उनकाअनुसार कर्णालीमा धेरै प्रहरी युनिटहरु जोखिमयुक्त भाडाका भौतिक संरचनामा संचालन भईरहेका छन् यसले प्रहरीको कार्य सम्पादनमा समस्या पार्ने गरेको

          हाल कर्णालीमा स्वीकृत सय १८ प्रहरी युनिटहरु मध्य ७८ प्रहरी युनिटहरुको मात्र आफ्नै कार्यालयभवन रहेका छन् बाँकी सय ३० प्रहरी युनिटहरु भाडामा संचालन रहेर नागरिकहरुलाई सेवा प्रबाहगरिरहेका छन् डिआईजी ढकालले भने, प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा कठिनाई महसुस भएको कर्णालीको भौगोलिक विकटताका बाबजुत पनि गाँउ गाँउमा सचेतना अभियान चलाएरनागरिकहरुलाई सुरक्षामैत्री बनाउदै गस्ती, पेटेलिङ्ग, आबश्यक ठाँउमा प्रहरी बिट पोष्ट स्थापना, जनशक्तिको व्यवस्थित परिचालन, प्रविधिको प्रयोग, निगरानी जस्ता क्रियाकलापहरु प्रभावकारी रुपमासंचालन गरिएको

           कर्णालीमा शान्ति सुरक्षालाई मजभुत बनाउन नेपाल प्रहरी कार्ययोजना २०८०, सुरक्षित कर्णाली बिशेषअभियान मार्फत १४ कार्यक्षेत्र ७८ कार्यक्रम तयार गरि कार्यन्वयन गरिएको हरेक परिवारले आफुलाईसमस्या पर्दा प्रहरीसँग सहजै सम्पर्क गर्न सकुन भन्ने उद्देश्यले हरेक घरमा प्रहरीको नम्बर सहितको स्टिकरअभियान अन्तरगत जम्मा लाख ७१ हजार सय २५ घरधुरी मध्य लाख ४० हजार सय ३३ घरमास्टिकर टास गर्ने कार्य सम्पन्न भईसकेको

          नागरिकलाई प्रभावकारी सेवा सहज रुपमा प्रदान गर्न सबै प्रहरी युनिटहरुमा नागरिक सहजकर्ता प्रहरीपरिचालन गरिएको सबै प्रहरी युनिटमा निवेदन लेख्न नसक्ने नागरिकहरुलाई निशुल्क निवेदन लेख्नेअभियान चलाईएको लागुऔषध बिरुद्ध लाल्टीन अभियान अन्तरगत सय ६७ लाल्टीन समुह गठन गरीसक्रिय रहेका छन् यसबाट कर्णालीका सबै जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायमहुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुरकुँवरले समाजमा हुने सबै खाले अपराध निमूल पार्न प्रहरी कटिबद्ध रहेको बताएका छन् जिल्ला प्रहरीकार्यालय मुगुको नबनिर्मित भवन उद्घाटन कार्यक्रममा मुगु आएका महानिरिक्षक कुँवरले यस्तो बताएका हुन्

        उनले स्थानिय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउदै त्यसका लागिनागरिकको जागरुपता पनि आबश्यक रहेको बताए उनले भने, प्रहरी भित्र पनि आन्तरिक सुदृढिकरणभईरहेको एक दुई जना गलत व्यक्तिहरुले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन् कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन् गलत कार्यको संरक्षण पनि गर्नुहुँदैन् उनले नेपाल प्रहरीलेव्यक्तिगत लाभ भन्दा पनि समग्र संगठनको हित हुने काम गर्नेका लागि प्रदेश जिल्लालाई निर्देशन दिए उनले भने, हामी जनताका सेवक हौँ हाम्रो काम जनताको सेवामा समर्पित हुने हो त्यसका लागि कुनै पनिकसुर बाँकी नराख्ने गरी काम गर्नुहोस

           कार्यक्रममा छायानाथ रारा नगरपालिका प्रमूख बिष्णुकुमार भामले नेपाल प्रहरीले समुदायमा हुनेअपराध न्यूनिकरणका साथै जिल्लाको शान्ति सुरक्षामा राम्रो काम भएको बताए उनले गत कात्तिक गतेछायानाथ रारा नगरपालिका वडा नं. मन्दुमा एकै परिवारका चार जनाको सामुहिक हत्या घटनाको सफलअनुसन्धान गरी दोषिलाई कानुनी दायरामा ल्याउन सफल भएकोमा सम्मान पनि गरे

  • ८ पुष २०८०, आईतवार १६:०४ प्रकाशित

  • Nabintech