प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड : गोर्खा युनाइटेड बन्यो च्याम्पियन

  • नमस्ते कर्णाली

  • कोहलपुर : प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० मा गोर्खा युनाईटेड पब्लिक सेकेण्डरी स्कुल च्याम्पियन भएको छ । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा र प्याब्सन बैजनाथको सहकार्यमा पुष ६ देखि सुरु भएको प्रतियोगितामा गोर्खा सबैभन्दा बढी पदक जित्दै च्याम्पियन भएको हो । गोर्खाले प्रतियोगितामा सहभागी विद्यालय मध्ये सबैभन्दा बढी जम्मा १४ पटक जित्यो ।

    प्रतियोगितामा उसले जम्मा आठ स्वर्गपटक, चार कास्यपदक र दुई रजतपदक जित्न सफल भयो । यस्तै कुल १८ पदक जित्दै डाइनामिक मावि कोहलपुर दोस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा गोर्खा युनाइटेडकी तुल्सा दमाई व्यक्तिगत चार स्वर्णपदकसहित सामुहिक गरेर कुल ६ पदक जित्दै सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् । गोर्खाले प्रतियोगिताका अधिकांश स्पर्धा राम्रो प्रदर्शन गरेको थियो । कोहलपुरमा हुने प्रतियोगितामा गोर्खा सधै अग्रणी हुने गरेको छ ।

    डाइनामिक सात स्वर्गपटक, सात कास्यपदक र चार रजतपदक जितेको छ । डाइनामिक पदक संख्या बढी भएपछि स्वर्गपदक कम जित्दा गोर्खा भन्दा पछि परेको हो । यस्तै मावि तहमा जम्मा ६ पदकसहित रामजानकी मावि तेस्रो हुन सफल भएको छ । तेस्रो स्थान हासिल गर्न सफल रामजानकीले चार स्वर्णपदक र एकएक कास्य र रजतपदक जित्न सफल भएको हो । प्रतियोगिताको समापन सत्रमा प्याब्सन कोहलपुरका संस्थापक अध्यक्ष याम बहादुर रावतसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतियोगितामा ७ सय ६१ जना मावि तह र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी थिए ।

  • ८ पुष २०८०, आईतवार १९:१६ प्रकाशित

  • Nabintech