प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड : आधारभुत तहतर्फ ग्रिनपिस प्रथम

  • नमस्ते कर्णाली

  • कोहलपुर:  प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० मा आधारतभुत तहतर्फ ग्रिनपिस मावि प्रथम भएको छ । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा र प्याब्सन बैजनाथको सहकार्यमा सुरु भएको प्रतियोगितामा ग्रिनपिसले आधारभुत तहतर्फको प्रतिष्पर्धामा प्रथम हुन सफल भएको हो । प्रतियोगिता पुष ६ देखि सुरु भएको थियो । आइतबार सकिएको प्रतियोगितामा दुई स्वर्गपदक र एक रजतपदकसहित ग्रिनपिस मावि चप्परगौडी प्रथम हो ।

    दुई स्वर्गपदकसहित रामजानकी मावि दोस्रो हुँदा एक स्वर्णपदक र एक रजतपदकसहित प्रयत्न मावि तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ । प्रतियोगितामा गोर्खा युनाइटेडकी तुल्सा दमाई व्यक्तिगत चार स्वर्णपदकसहित सामुहिक गरेर कुल ६ पदक जित्दै सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् भने । निम्बल एकेडेमीका शौरभ वली दुई स्वर्णसहित सर्वोत्कृष्ट छात्र घोषित भए । प्रतियोगितामा कोहलपुर र बैजनाथगरी कूल २७ विद्यालय सहभागी थिए । प्रतियोगितामा मावि तह १४ विद्यालय र आधारभुत तहमा १३ विद्यालयले मात्रै पदक जित्न सफल भए ।

    बाँकी विद्यालय भने पदकविहीन हुन पुगेको जनाइएको छ । प्रतियोगिताको समापन सत्रमा प्याब्सन कोहलपुरका संस्थापक अध्यक्ष याम बहादुर रावतसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतियोगितामा ७ सय ६१ जना मावि तह र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी थिए ।

  • ८ पुष २०८०, आईतवार १९:२४ प्रकाशित

  • Nabintech