प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड भव्य रुपमा सम्पन्न

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुरमा जारी प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० सकिएको छ । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा र प्याब्सन बैजनाथको सहकार्यमा पुष ६ देखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । कोहलपुरमा पहिलोपटक आयोजना भएको प्रतियोगितामा माध्यमिक तह र आधारभुत तह गरी दुई तहमा सहभागी विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।

    प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये दुवै तहमा सबैभन्दा बढी पदक जितेर गोर्खा युनाइटेड पब्लिक सेकेण्डरी स्कुल च्याम्पियन भएको छ । गोर्खाले प्रतियोगितामा सहभागी विद्यालय मध्ये सबैभन्दा बढी जम्मा १४ पटक जित्न सफल भएको छ । प्रतियोगितामा उसले जम्मा आठ स्वर्गपटक, चार कास्यपदक र दुई रजतपदक जित्न सफल भयो । यस्तै कुल १८ पदक जित्दै डाइनामिक मावि कोहलपुर दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

    डाइनामिक सात स्वर्गपटक, सात कास्यपदक र चार रजतपदक जितेको छ । डाइनामिक पदक संख्या बढी भएपछि स्वर्गपदक कम जित्दा गोर्खा भन्दा पछि परेको हो । यस्तै मावि तहमा जम्मा ६ पदकसहित रामजानकी मावि तेस्रो हुन सफल भएको छ । तेस्रो स्थान हासिल गर्न सफल रामजानकीले चार स्वर्णपदक र एकएक कास्य र रजतपदक जित्न सफल भएको हो ।
    यस्तै आधारभुत तहमा भने दुई स्वर्गपदक र एक रजतपदकसहित ग्रिनपिस मावि चप्परगौडी प्रथम भएको छ । दुई स्वर्गपदकसहित रामजानकी मावि दोस्रो हुँदा एक स्वर्णपदक र एक रजतपदकसहित प्रयत्न मावि तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ । प्रतियोगितामा गोर्खा युनाइटेडकी तुल्सा दमाई व्यक्तिगत चार स्वर्णपदकसहित सामुहिक गरेर कुल ६ पदक जित्दै सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् भने  निम्बल एकेडेमीका शौरभ वली दुई स्वर्णसहित सर्वोत्कृष्ट छात्र घोषित भए ।

    प्रतियोगितामा कोहलपुर र बैजनाथगरी कूल २७ विद्यालय सहभागी थिए । प्रतियोगितामा मावि तह १४ विद्यालय र आधारभुत तहमा १३ विद्यालयले मात्रै पदक जित्न सफल भए । बाँकी विद्यालय भने पदकविहीन हुन पुगेको जनाइएको छ । प्रतियोगिताको समापन सत्रमा प्याब्सन कोहलपुरका संस्थापक अध्यक्ष याम बहादुर रावतसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतियोगितामा ७ सय ६१ जना मावि तह र ३ सय २३ जना आधारभूत तहका विद्यार्थी गरी कूल एक हजार ८४ जना खेलाडी सहभागी थिए ।

  • ८ पुष २०८०, आईतवार १९:४१ प्रकाशित

  • Nabintech