मार्चपासमा वेस्टर्न ई‍ .मि स्कुल प्रथम

  • नमस्ते कर्णाली

  • कोहलपुरमा आजदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको मार्च पासमा वेस्टर्न ई‍ .मि स्कुल प्रथम भएको छ । ३२ विद्यालयले मार्चपासमा प्रतिस्पर्धा गरेकोमा सबैलाई उछिन्दै वेस्टर्न ई‍ .मि स्कुल ईमि स्कुल प्रथम भएको हो । यस्तै कोहलपुर ५ मा रहेको पञ्चमुखी ईमि स्कुल र कोहलपुर १ मा रहेको जन ज्ञानज्योति मावि द्धितीय भएका छन् । यस्तै कोहलपुर १२ मा रहेको ग्रिन पिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

  • १० पुष २०८०, मंगलवार १९:५१ प्रकाशित

  • Nabintech