बाजुराको धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न।

    गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको थियो। भने आजभोलि कुवाडी खोला लघु जलविद्युत आयोजनाको लाइन विस्तार गरिए संगै आजभोलि बिजुली बत्ती बालेर उज्यालोमा बस्न पाँउदा बजार वासी खुशी भएको व्यवसायी तिलक रोकायाले बताएका छ्न।

    धुलाचौर बजार विस्तार भएपछि बत्तीको सम्भावना कम रहेको थियोे। हिमाली गाउँपालिका विशेष सहयोगमा कुवाडी खोला जल विद्युत आयोजना १ सय उत्पादन क्षमता भएको बत्ती सुचारु गरि अहिले धुलाचौर बजार भरी झिलिमिली भएको छ। पहिला विद्युत नहुदा सोलार बाल्ने काम गरिरहेका थियौ। अहिले बिजुली बत्तीको लाइन तानेर धुलाचौर बजार उज्यालोमा बस्न पाएको बजार व्यवसायी सुजन भण्डारीले बताएका छन।

    हिमाली गाउँपालिका धुलाचौर बजार मात्र नभएर वडा नम्बर ५ को रुगिन, नदपाटा र बिच्छ्या र वडा नम्बर ४ को फैती र लेख बोत्ता गाउँ सहित धुलाचौर बजार बिजुली बत्ती निरन्तर चलिरहेको छ। हिमाली उज्यालो बनाउने हिसाबले लागिपरेको छौ। जस्मा हिमाली गाउँपालिका वडा नम्बर ६ को बोल्डीक र धिम लाइन विस्तार गर्न सर्वेक्षण कार्य अगाडी बढाएको छ। यही वर्ष उज्यालो गाउँ बनाउन लागिपरेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न।

    त्यसैगरी वडा नम्बर १,२ र ३ को वडाको बस्तीका स्थानीय नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडी देखीको पहल निरन्तर समन्वयमा कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोग हुने गरि झन्डै ९ करोड बराबरको लगानीमा निर्माण हुने गरि हिमाली २ को नातिखोलामा नातिखोला लघुजलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। उक्त विद्युत १ सय ३० किलोवाट बढी बिधुत उत्पादन हुने भएको छ। साबिक बिच्छ्या पुरै गाउँ आसपास गाउँमा २०८१ फागुन महिना सम्म सम्पन्न हुने लागिपरेको अध्यक्ष मल्लले बताएका छन।

  • ११ पुष २०८०, बुधबार १२:४२ प्रकाशित

  • Nabintech