कर्मचारीको मृत्यु भएपछि कोहलपुर नगरपालिकामा शोक विदा

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर नगरपालिकामा शोक विदा गरिएको छ। कृषि शाखाका कर्मचारीको निधन भएपछि नगरपालिकामा शोक विदा दिइएको हो । मृत्यु हुनेमा कोहलपुर ६ का स्थानीयसमेत रहेका छत्र बहादुर केसी रहेका छन् ।

    उनको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको नगरपालिकाले जनाएको छ । केसीको मुटुको अप्रेसन गर्दा निधन भएको हो । केसीको निधनपछि नगरपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शोक विदा गरिएको नगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

  • १३ पुष २०८०, शुक्रबार १२:४१ प्रकाशित

  • Nabintech