बाल विद्या सेकेण्डरी स्कुललाई सातौं मेयर कपको उपाधि

  • नमस्ते कर्णाली

  • कोहलपुर : सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाल विद्या सेकेण्डरी स्कुलले जितेको छ । शुक्रबार सकिएको प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै बाल विद्याले मेयर कपको उपाधि जितेको हो ।

    स्कुलले ८ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको उपाधि उचालेको हो । शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्कुललाई ट्रफी प्रदान गरे ।

    प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना र खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा पुष १० गते सुरु भएको थियो । सातौ मेयर कपको उपाधि स्कुलले जित्दा निकै खुसी लागेको स्कुल प्रिन्सिपल गोविन्द सुवेदीले बताए ।

    उनका अनुसार स्कूलले खेलकुद र विद्यार्थीमाथि गरेको लगानीले प्रतिफल प्राप्त गरेको छ । रहेको थियो । प्रतियोगितामा एथ्लेटिक्स,भलिबल,कबड्डी र मार्सलआर्ट गरी चार वटा विधा समेटिएको थियो ।

  • १३ पुष २०८०, शुक्रबार १९:५५ प्रकाशित

  • Nabintech