सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुखविरुद्ध यौन दुव्र्यवहारको मुद्दा

  • नमस्ते कर्णाली

  • मुगु,मुगुको सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुखविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्ललाई गाउँपालिकामै कर्मचारी माथि यौन दुव्र्यवहार गरेको आरोप लागेको हो । आफूमाथि प्रमुख मल्लले यौन दुव्र्यवहार गरेको भन्दै सोही गाउँपालिकामा कार्यरत एक कर्मचारीले मुद्दा दर्ता गरेकी छन् । गाउँपालिका अन्तर्गत खनायाँ स्वास्थ्य चौकीमा कार्यरत तुलसा कुमारी विश्वकर्माले मल्लविरुद्ध यौन दुव्र्यवहार गरेको आरोपमा मुद्दा दर्ता गराएकी हुन् । मल्लले आफूमाथि गाउँपालिकाका कर्मचारीको जन्मदिनमा आफू रक्सी खुवाएको र फोनमार्फत यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।


    खनायामा जातीय विभेद खेपेकी स्वास्थ्यकर्मी तुलसा कुमारी विकले शिक्षा शाखा प्रमुख विरेन्द्र मल्लविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दायर गरेकी छन् । स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुव्र्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन् । ‘मैले यौन दुव्र्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,’ उनले भनिन्, ’कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु ।’ मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरअन्तर्गत दफा २२४ अन्तर्गत मुगु जिल्ला अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी जयलाल बुढाले जानकारी दिए ।

    यसअघि स्वास्थ्यकर्मी विश्वकर्माले जातीय विभेद मुद्दामा तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मुगुमा किटानी चाहेरी दिएकी थिइन् । आरोपित तीन जनालाई मुगु प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका वडा नम्बर ९–की झापु शाही, धनप्रसाद भट्ट र सुरज बहादुर शाही रहेका छन् । सुरज खनयाँ स्वास्थ्य चौकीका इन्चार्ज हुन् । झापु सुरजकी आमा हुन् भने भट्ट किराना पसले हुन् ।

    दाङ तुलसीपुर घर भइ सोरु खनायाँ स्वास्थ्य चौकीमा कार्यरत विश्वकर्मा स्वास्थ्य इन्चार्ज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन् । वैशाखमा सुरजकी आमा झापुले अनमिलाई दलित भनेर थाहा पाए पछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनी माथि आरोप छ । उनीहरुलाई सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

     

  • १४ पुष २०८०, शनिबार १०:५८ प्रकाशित

  • Nabintech