नेपाल विद्यार्थी संघ मुगुद्वारा रारा ताल सरसफाई कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मुगुको आयोजनामा ग्रीन रारा क्लिन रारा भन्ने मुल नाराका साथ स्वच्छ,सफा,हरियाली वातावरण संरक्षणका लागी रारा तालमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ
    नेपाल विद्यार्थी संघ केन्द्रित सदस्य दिपक रावल नेपाल विद्यार्थी संघ केन्द्रित सदस्य सिब राज डागर नेविसंघ जिल्ला कार्यसमिति मुगुका कार्यवाहक अध्यक्ष बालचन्द्र कार्की स्वबियु सभापति राज तामाङ्ग ने बि संघ मुगु जिल्ला उपसभापति राम राज मल्ल लगायतका बिध्यार्थी नेता तथा कार्यकर्ता उपस्थिती रहेको थिय ।
    मुगु जिल्लामा पर्ने नेपालकै पर्यटकीय क्षेत्र रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थाले संगै फोहरको समस्या पनि बढ्न थालेकोले उक्त समस्या समाधानको लागि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मुगुको आयोजनामा रारा तालमा एक दिने सरसफाइ अभियान राखेको नेविसंघ जिल्ला कार्यसमिति मुगुका कार्यवाहक अध्यक्ष बालचन्द्र कार्कीले बताय
    रारा तालको सरसफाईमा सहभागी भई सहयोग गरेका सम्पुर्णलाई नेपाल विद्यार्थी संघ मुगुको तर्फ बाट सबै लाई कार्कीले धन्यबाद दिएका छन ।

  • १४ पुष २०८०, शनिबार १६:१५ प्रकाशित

  • Nabintech