विकास र समृद्धिका लागि सहकार्यमा जोड

  • नमस्ते कर्णाली

  • कोहलपुर,विकास र समृद्धिका लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । जनअपेक्षा अनुसार विकास गरी रोजगारी सिर्जना गर्न तथा दीगो विकासका लागि दुई तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका हुन् । सोमबार कोहलपुर नगरपालिकामा आयोजना गरिएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरा बताएका थिए ।
    उक्त कार्यक्रम कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेशकी नवनियुक्त सहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा बोल्दै मन्त्री केसीले विकास र समृद्धिका लागि दुवै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएकी हुन् ।


    उनका अनुसार स्थानीय सरकारको विकासमा प्रदेश सरकारको पनि भूमिका रहन्छ । स्थानीय सरकारले पनि पालिकाको विकासका लागि प्रदेश सरकार र मातहतका मन्त्रालयसँग सहकार्य र समन्वय गर्न आवश्यक रहेको उनको भनाइ थियो । उक्त अवसरमा उनले कोहलपुरको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट सक्ने जति पहलकदमी जारी रहने बताइन् ।
    उदाउँदो सहरका रुपमा रहेको कोहलपुरको विकासमा भूमिका खेल्ने उनको प्रतिबद्धता थियो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले मन्त्री केसीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
    शुभकामना आदानप्रदानको क्रममा मन्त्री केसीबाट कोहलपुरको विकास र समृद्धिमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त भएको पनि उनले जानकारी दिए । यस्तै नगर प्रमुख आचार्यले प्रदेश सरकार र मन्त्रालयबाट कोहलपुरको विकासका लागि दीर्घकालीन प्रभाव राख्ने योजनामा अग्रसरता हुने अपेक्षा राखिएको पनि बताए ।

    उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले सिंगो बाँके जिल्लाले महिला मन्त्री प्राप्त गरेको भन्दै महिलाहरुका सवालमा पनि नतिजामुखी काम हुने बताइन् । उनका अनुसार कोहलपुरको विकासमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै एकताबद्ध रुपमा अघि बढ्न आवश्यक छ ।
    सोही अनुसार आगामी दिनमा सबै पक्ष बृहत हितमा अग्रसर भएर अघि बढ्नुपर्ने उनले बताइन् । बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य,विषयगत समितिका संयोजक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

     

  • १७ पुष २०८०, मंगलवार १२:०३ प्रकाशित

  • Nabintech