मुगुका बिद्यार्थीलाई न्यानो ज्याकेट वितरण

  • नमस्ते कर्णाली

  • सनत हमाल, मुगु
    मुगु जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ । सोवरस् नेपाल नामक संस्थाले खत्याडका नौ विद्यालयका १ हजार ६ सय बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यायो ज्याकेट वितरण गरेको हो ।
    खत्याड गाँउपालिकामा रहेका चार माध्यमिक विद्यालय र पाँच आधारभुत प्राथामिक विद्यालयका १ हजार ६ सय ९ जना बिद्यार्थीहरुलाई सोवरस् नेपालले चिसोमा लगाउने ज्याकेट बितरण गरेको हो ।


    उक्त गाँउपालिकामा रहेको लोकप्रिय मावि गम्थाका ५ सय ३० जना, जनजागरण मावि सेरीका ३ सय ३० जना, रारा आधारभुत रोलका १ सय २१ जना र बाल ज्योति श्रीकोट ५५ जनालाई वितरण गरिएको हो । यस्तै सरस्वती मावि रिखियाका १ सय ६० जना, महादेब मावि ह्यागुलुका २ सय ३ जना,सरस्वती आधारभुत विद्यालयका २७ जना सुमामाई आधारभुत विद्यालय डाडियका ५६ जना रहेका छन् । आधारभुत विद्यालय खर्क १ सय २७ गरी १ हजार ६ सय ९ जना बिद्यार्थीलाई न्यानो ज्याकेट बितरण गरिएको थियो । काठमाडौबाट सम्बन्धित स्थानसम्म ढुवानी गरी स्थानीय ब्यवस्थापन गर्ने हामी नेपालीको जिल्ला संयोजक अनिल बानियाँले जानकारी दिएका हुन् । संयोजक बानियाँका अनुसार सोवरस् नेपालले कुल ४५ लाखमा १ हजार ६ सय ज्याकेट खरिद् गरेको हो । हामी नेपालले ६ सय छात्रालाई प्रति ब्यक्ति ६ पिस स्यानेटरी प्याड समेत वितरण भएको जानकारी दिए ।


    सोवरस् नेपालका संयोजक रोजी राणाले दिएको जानकारी अनुसार बिद्यार्थीहरुका लागि न्यानो ज्याकेट खरिद गर्न र यहाँ सम्म पुर्याउन कुनै गैरसरकारी संस्था र सरकारी निकायको रकम नभई सोवरस् नेपालकै आफनै रकममा ज्याकेट बितरण गरिएको हो । यो अभियान कुनै राजनीतिक आस्था र कुनै व्यापारिक स्वार्थ नभई सामजिक सेवाको भावना र चिसोकै कारण कुनै पनी विद्यार्थी पढ्नबाट बञ्चित हुन नपरोस भन्ने उदेश्यले ज्याकेट वितरण गरिएको उनले बताइन् ।
    कक्षा कोठामा दिनभर बस्दा चिसोले धेरै बिद्यार्थीहरु विद्यालय नियमित आउदैनन् । सबैको घरमा ज्याकेट किनेर विद्यालय आउने आर्थिक अवस्था राम्रो भएको हुदैन । ञनिस्शुल्क सबै विद्यार्थीले ज्याकेट पाएका छन् । न्यानो ज्याकेट नभएकै कारण विद्यालय नआउने साथीहरुका लागि यो ज्याकेट पाएपछि नियमित विद्यालय आउने वातावरण मिलेको छ,झलोकप्रिय माविका विद्यार्थी अनील थापाले भने ।

  • १७ पुष २०८०, मंगलवार १५:११ प्रकाशित

  • Nabintech