बाजुराको पिलुचाैरमा पीलु पादुका देउरा धार्मिक महोत्सव हुने

  • नमस्ते कर्णाली

  • बाजुरा- बाजुराको कर्णाली पीलुघाट त्रीवेणि धाम धार्मिक प्रतिष्ठानको सर्वदलिय वैठक सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै प्रतिष्ठानको वैठक आज पीलुचौरमा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर विष्टको अध्यक्षतामा वसेको वैठकले विभिन्न तिन वटा निर्णय गरेको वैठकमा सहभागि पत्रकार अनिल शाहीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार वैठकमा पीलु् पादुका देउरा धार्मिक महोत्सव गर्ने, चारै पालिकाको विच केन्द्र कर्णाली पीलुघाट त्रीवेणि धामलाई विभिन्न विकाशका सम्भवनाका लागि पहल गर्ने र कुण्डा क्षेत्रका चार वटै पालिकाका प्रमुखको भेला गर्ने लगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

    साथै पीलु पादुका देउरा क्षेत्रको विकाश गर्न र वाैद्धिक सनातन विद्या पिठ गुरुकुलको सम्वद्र्धनका लागि सहयोग गर्ने उदेश्यले आउदो महाशिव रात्रिको अवसरमा विभिन्न धामिर्क, सास्कृतिक तथा सामाजिक कार्यक्रमको आयोजना संगै धार्मिक महोत्सव सञ्चालन गर्ने निर्णय भएको छ ।

    यसका लागि संघ र प्रदेश सरकार संगै चार वटै पालिका संग सहयोगका लागि अपिल गर्ने र महोत्सवको जीम्मा प्रतिष्ठानका पदाधिकारीलाई दिने निर्णय भएको छ । विभिन्न पर्यटकिय विकाशको सम्भावना बोकेको कर्णाली पीलुघाट धार्मिक क्षेत्र भित्र पर्ने पीलु पादुका देउराको उपयुक्त तिन ठाउँमा विशाल मन्दिर, धर्मशाला, सन्त निवास, वृद्धाआश्रम, अनाथलय, शवगृह घाट तथा पुल निमार्णका लागि तीन वटै निकाय संग सहयोग माग्ने निर्णय भएको छ ।

    त्यस्तै आउदो महाशिव रात्रिको अवसरमा हुने धार्मिक महोत्सवको ब्यवस्थापन तथा तयारीका लागि चार वटै पालिकाका प्रमुख तथा अन्य वुद्धिजीवि संग आगामी माघ २ गते सर्वदलिय भेला गर्ने निर्णय भएको पत्रकार शाहीले बताउनुभएको छ । आम भेलामा जनप्रतिनिधि, नागरीक समाज, धार्मिक प्रतिष्ठानका पदाधिकारी, पत्रकार र स्थानिय लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

  • १९ पुष २०८०, बिहीबार ०१:३१ प्रकाशित

  • Nabintech