हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

  • उमेश रोकाया

  • बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की अब नेपाली काङ्ग्रेस पाटीको लडाइ सामाजिक विकृति र बिसंगति संग लडाई रहेकोे बताएका छन।

    अब म सोच्दैछु हाम्रो नेपाली काङ्ग्रेस पाटीको लडाई को सँग र किन?

    अबको लडाई कुनै कम्युनिस्ट कुनै दल राजावादी अन्यसँग होईन अबको लडाई नेपालको ७७ औं मानव विकास सूचकांमा रहेकोे बाजुरा जिल्ला अझै पछाडी परिरहेको हिमाली गाँउपालिकाको अधिकास मान्छे अशिक्षा रहेकोे छन। जुन अशिक्षा भएका गाउँ बस्ती लाई माथि उठाउन लागि विशेषगरी हाम्रो काङ्ग्रेसको लडाइ रहेकोे छ। हिमाली गाउँपालिकामा शिक्षा क्षेत्रमा बढी जोड दिइरहेका छ। तैपनि हामी पढनु पर्छ भन्ने बुझाइ कम भएको हुँदा उक्त कारणले गाउँ अशिक्षाले जेलिएको समस्या भएको छ। त्यसलाई अग्रपंक्तिमा लैजान स्थानीय सरकार लागिपरेको भएपनि नेपाली काङ्ग्रेस पाटीको थप कुनै पनि घर वा व्यक्ति अशिक्षा बाट अन्त्य गर्न हामी पनि लागि परेका नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्कीले बताएका छ्न।

    जुन शिक्षामा क्षेत्रमा पढाईमा अब्बल हुन नसक्दा गाउँका अधिकास युवा बेरोजगारी अवस्था रहेका छन। कयौं युवा बेरोजगारी हिसाबले आफ्नो जन्मभुमि गाउँ ठाउँ छोडी विदेश जानुपर्ने अबस्थामा देखिन्छ। अब युवा बेरोजगार बाट रोजगारी बनाउन तिरको विशेष हाम्रो काङ्ग्रेस पाटीको अभियानमा लागिपरहेका छौँ। जसका कारणले गाउँमा भए जतिका युवा बेरोजगार संगै आर्थिक अवस्था कम्जोर भएको हुँदा गरिबी पन लागेको छ। जुन अहिले गरिबी अवस्था छ त्यसलाई अन्त्य गर्न सिङ्गो पाटी लागिपर्ने सभापति कार्कीको भनाइ रहेकोे छ।

    हिमाली गाउँपालिका अधिकास गाउँ बस्तीमा भोकमरी समस्या रहेकोे छ। जहाँ कमाउने जमीन भिरालो र पाखोपन रहेकोे ठाउँ हुँदा भोगमरीको समस्या उत्पादन हुँदै आइरहेको छ। त्यसलाई अन्त्य गर्न नजिकै स्थानीय सरकार गाउँपालिका पनि लागिपरेको छ। हामी जुन पाटीको हिसाबले गरिबी संगै भोकमरी हटाउन सबभन्दा पहिलो हाम्रो अहिलेको जुन नयाँ पुस्ता नेपाली काङ्ग्रेस अग्रसर गर्न्र व्यक्ति लागिपरेका छौँ। अझ भन्ने हो भने हामी विभिन्न कार्य सफल हुन विभिन्न मिसन भन्दा भिजन तिर अगाडी बढिरहेको छौँ।

    जुन हिमाली गाउँपालिका भौगोलिक दृष्टिकोण बाट पछाडी परेको पालिका हो। जुन स्थानीय सरकार आए पश्चात् हामीलाई विकास निकासको महसुस भएको देखिन्छ। २१ औं शताब्दी लागे पनि २० औं शताब्दी जस्तो लागिरहेको थियोे। गाउँपालिका बनिसकेको पछि सडक, विद्युत, खानेपानी, टेलिफोन, शिक्षा र यातायात जस्ता विकास विभिन्न खालका स्रोतसाधन लगायत भौतिक पुर्वाधार बिकासले फटको मारेपछी अहिले हामी केही अगाडी भएको महसुस भएको छ।

    गाउँमा सुशासनको क्षेत्रमा सामाजि बिकृति बिसँगति सँग लडाई जित्नुछ। यहाँका जनताको जनजिबन माथी उठानुछ। स्थानीयहरु सबैलाई आत्मनिर्भर बनाउनुछ भन्ने हिसाबले हाम्रो नेपाली काङ्ग्रेस पाटी विशेष अभियान रहेकोे छ। सबैको मुख्य उद्देश्य गाउँ ठाउँ समृद्ध र सभ्य समाजको निर्माण गर्नु हाम्रो कर्तब्य र दायित्व रहेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की बताएका छ्न।

  • २० पुष २०८०, शुक्रबार १५:३८ प्रकाशित

  • Nabintech