नेपाल लाइफको अभिकर्ता संघको उपाध्यक्षमा चौलागाई

  • नमस्ते कर्णाली

  • पेशागत अभिकर्ता बीमक संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा गणेश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष अधिवेशनको बन्द शत्रबाट अधिकारीको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको हो । समितिमा मुगुका जुहारीलाल चौलागाई उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । विशेष अधिवेशनले ३२ सदस्यीय कार्य समितिको चयन गरेको छ । उनी कर्णालीबाट केन्द्रीय समितिको पदाधिकारीमा चयन हुने उनी पहिलो व्यक्ति हुन् । नवनिर्वाचित कार्य समितिको सचिव पदमा तेजमणी शर्मा, सहसचिव यदुनन्द भण्डारी, गीता कार्की काफ्ले, कोषाध्यक्ष विमला ढकाल अमगाई र सहकोषाध्यक्ष लिला अधिकारी रहेका छन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूहरुलाई विश्वास गरेर निर्विरोधरुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा अभिकर्ता सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन् । उनले नेपाल लाइफका पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले इन्स्योरेन्स खबरलाई प्रतिकृया दिंदै भने,दुई वटा कमिटी छ भन्ने बहानामा व्यवस्थापनले हामीसँग खेली रह्यो, अब कुनै पनि बहाना चल्ने छैन, कम्पनीसँग भएका पुराना सम्झौता लागू गर्ने गरी निरन्तर दबाब दिने छौं । उपाध्यक्ष चौलागाईंले श्रमजीवी अभिकर्ताले आफ्नो पेशागत हकहितका लागि मर्यादित र पारदर्शी बनाउनुपर्ने बताए । बिमा सेवाको महत्त्वलाई जनताको घरघरमा पुर्याउनु सबैको दायित्व भएको उनको भनाइ छ । बिमितको सर्बोपरी हितको रक्षा गर्नु हामी अभिकर्ता हरुको मुख्य दाइत्व पनि हो । जीवनयापनका बिबिध क्षेत्र मध्य समाजमा एक प्रतिष्ठित पेशाको रुपमा रहेको छ । अभिकर्ता पेशालाई अझ बढी आकर्षक र संभावना भयको क्षेत्रका रुपमा समाजमा परिवर्तन र स्थापना गराउने बाताबरण सिर्जना गर्नु हामी सबैको उत्तिकै दायित्व हो,झउनले भने ,  आफूहरुलाई विश्वास गरेर निर्विरोधरुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा अभिकर्ता सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन् । उनले नेपाल लाइफका पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।नेपालभरीबाट लाखौ अभिकर्ताले दिएको जिम्मेवारीलाई बुद्विमतापुर्ण तवरले निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

  • २३ पुष २०८०, सोमबार ०८:४६ प्रकाशित

  • Nabintech