तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङमा शैलेश्वरी मावि उपाधि

  • उमेश रोकाया

  • बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा उपाधि शैलेश्वरी माध्यमिक बिधालय हात पारेको छ।

    “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड गरिएको। उक्त खेलकुद प्रतियोगितामा ८ वटा माध्यमिक बिधालय सहभागिता भएको आयोजना हिमाली गाउँपालिकाले बताएको छ। सोही रनिङ सिल्डमा शैलेश्वरी माध्यमिक बिधालय ८ रजत ६ कास्य ० स्वण ल्याएर पहिलो स्थान हासिल गरेको छ। भने भवानी माध्यमिक बिधालय स्वण ६ रजत ६ कास्य २ ल्याएर दोस्रो स्थान सफल र बडिमालिका माध्यमिक बिधालय स्वण ६ रजत ३ र कास्य ६ ल्याएर तेर्सो स्थान हासिल गरेको हिमाली गाउँपालिकाले बताएको छ।

    सोही कार्यक्रममा खेलकुद प्रतियोगितामा हासिल गर्ने खेलाडीहरु बिजेतालाई प्रमाणपत्र, मेटल र कप हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गर्नु भएको छ। जुन रनिङ शिल्ड समापन कार्यक्रम बोल्दै पालिका अध्यक्ष मल्ल सर्वप्रथम खेल प्रशिक्षक खेललाई स्वच्छ र निष्पक्ष रूपमा खेल सम्पन्न गराउने लाई धन्यवाद दिएका छन। खेलाडी एउटा राष्ट्रको गहना हुँदा खेलाडी अब हुने जिल्ला राष्ट्रपति रनिङ सिल्डमा सफलता शुभकामना दिनुभएको छ।

    खेल क्षेत्रमा आफ्नो सक्दो सहयोग आफू लागिपरेको अध्यक्ष मल्लले बताएका छन। अझ खेल संगै शिक्षा क्षेत्रमा पालिकाको सबैभन्दा ठूलो लगानी गरेको छ। सबै काम सफलता हुन सबैको उत्तिकै जिम्मेवारी रहेकोे छ। सबै बिधालय खेलमैदान बनाउन तिर पनि निरन्तर लागि परेको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न। तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता समापन कार्यक्रम अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। भने उपाध्यक्ष राजकला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी वडा अध्यक्ष बिधालय प्रधानाध्यापक खेलाडीहरुको सहभागिता कार्यक्रम सम्पन्न भएको राज मलालले बताएका छन।

  • २४ पुष २०८०, मंगलवार २२:१५ प्रकाशित

  • Nabintech