काठको टहरोमा ताल्चा विमानस्थलको टर्मिनल भवन

  • सनत हमाल

  • मुगु ः मुगु जिल्लाको रारा ताल्चा विमानस्थलको टर्मिनल भवन र टावर २० बर्षदेखि काठको टहरोमा हुँदा यात्रुलाइ असहज भएको छ । वि.सं.म २०५५ सालमा रारा नागरिक उड्डयन कार्यालय ताल्चा मुगुको स्थापना हुँदा बनाइएको जीर्ण टहारा मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको हो । उक्त विमानस्थलमा २०६० साल बैशाख ३ गते पहिलोपटक उडान गरिएको थियो । त्यसयता रारा ताल्चा विमानस्थलमा हवाई उडान नियमित भइरहेको छ । तर, पक्की भौतिक संरचना भने बन्न सकेको छैन । अस्थाई संरचना काठको टर्मिनल भवन र टावर अहिलेपनि सञ्चालन भइरहेको छ । त्यसले गर्दा सुरक्षा चेकजाचमा समस्या हुने गरेको छ भने असहाय,वृद्धवृद्धा,बिरामी यात्रुहरुलाई समेत असर पुग्ने गरेको छ । सुरक्षित बस्ने ठाउँ नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चर्को घामलाग्दा ओत लाग्ने ठाउँसमेत छैन । यस्तै खानेपानी र शौचलयको उपयुक्त व्यवस्था नहुँदा समस्या हुने गरेको यात्रुहरु गुनासो गर्छन् ।


    रारा ताल्चा विमानस्थलको धावनमार्ग ५७० मिटर लम्बाई र २० मिटर चौडाई छ विमानस्थलमा निजीण् हवाई सेवा कम्पनीले दैनिक २ देखि ३ उडान भर्ने गरेका छन् सामान्य काठको टहरोमा टावरको सम्पूर्ण काम गर्दा असहज भयको रारा नागरिक उड्डयन कार्यालय ताल्चा मुगुका कार्यालय प्रमुख सन्तोष गौतमले बताए ।
    टावरसहितको टर्मिनल भवनका लागि कन्ट्रक्सन अफ टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावर रारा एयरपोर्ट मुगको आयोजनामा ८६ लाख ५९ हजार ९ सय ९४ रुपैयाँ लागतमा एक कम्पनीले निर्माण जिम्मा लिएको थियो । २०७६ असोज १६ गते देखि २०७९ बैसाख ५ गतेसम्म काम सक्ने गरि ओम बुद्ध इन्टरनेसनल कन्ट्रक्सन प्रा.लि. काठमाडौं सँग सझौता भएको थियो । तर अहिलेसम्म आयोजना बन्न सकेको छैन ।

     

  • २५ पुष २०८०, बुधबार १२:१९ प्रकाशित

  • Nabintech