नगरपालिका द्वारा पत्रकार महासंघ मुगुका अध्यक्ष मल्ल सहित चार जना पत्रकार सम्मानित

  • सनत हमाल

  • मुगु मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिकाले जना पत्रकारलाइ सम्मान गरेको । सम्मानितहुनेहरुमा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स तथा हाम्राकुरा डटकम अनलाइन मुगुका समाचारदाता नृपेन्द्र बहादुर मल्ल, रेडियो नेपाल मुगु समाचारदाता विनोदकुमार मल्ल, अन्नपूर्ण पोष्ट मुगु समाचारदाता जीवन सेजुबाल न्युज 24 मुगु समाचारदाता दान बहादुरबुढा रहेका छन्

    शुक्रबारबाट शुरु भएको आफ्नो १४ औँ नगर (बिधेयक)सभामा लामो समयदेखि मुगु जिल्लाको पत्रकारितायोगदान दिएका क्रियाशिल चार जना पत्रकारहरुलाइ नगरपालिकाले सम्मान गरेको हो

    सम्मानित चारै जना पत्रकारलाइ नगरप्रमुख विष्नुकुमार भामले सम्मान पत्र सहित जहित हजारका दरलेनगद सम्मान रकम प्रदान गर्नु भएको थियो

    सम्मान कार्यक्रम पछि बोल्दै नगरप्रमुख भामले आफू जाने बुझ्ने भए देखी मुगु जिल्लाका आवश्यता, जनगुनासा,विकास, स्वास्थ्य, जनजिवन,धार्मिक, सास्कृतिक, पर्यटन,खेलकुद, अपराध, शान्तिसुरक्षा, विभेद, भष्टचार, सुसासन, लगायतका क्षेत्र सम्मानित पत्रकारहरुले कलम चलाएका समाचार पढ्दै, सुन्दै हेर्दै आएको बताउनु भयाे  पत्रकारहरु समाज जन प्रतिनिधिका लागिका ऎनाका साथै मध्यस्तकर्ताभएको बताउनु भयो

    हाम्रा काम कारर्वाही जनता सामु कति प्रभावकारी भैरहेका छन ? जनताका माग, गुनासा के छन् ? आफ्नाबारेदुनियाँले के मुल्यांकन गरेका छन् जानकारी गराउने माध्यम नै पत्रकार भएको नगरपालिकामापत्रकारिताको पेशागत विकास, सक्षमता,सुरक्षा, व्यवस्थापकीय सुधारका लागि नीतिगत रुपमा नेपालपत्रकार महासङ्ग मुगुको समन्वयमा निकट भविष्य मै छायानाथ रारा नगर सन्चार नीति ल्याउने नगर प्रमुखभामले घोषणा गर्नुभयो

    लामो समयदेखि पत्रकारितामा लागेपनी स्थानिय सरकारहरुले कहिल्यै यसरी सम्झेका थिएनन् हाम्रैसमाचारका प्रभावले कति विकास भए, कतिले न्याय पाए,कतिले राहत,उपचार,सहयोग पाए ,पर्यटकीयक्षेत्र,जिल्लाको प्रचार भयो, सुशासन कायम गर्न भष्टचार नियन्त्रणमा टेवा पुन्यो अनि राज्यसङ्ग मुगुकासमस्या, माग समस्य पुग्यो सुन्यो आज आएर नगरपालिकाले हाम्रो योगदानको कदर गर्दै सम्मान गरेकोमाधन्यवाद सम्मानले पत्रकारितामा अझै पेजिलो रुप लागि सत्य,तथ्य,निष्पक्ष तथष्ट रहि समाचार लेख्नदवाव हौसला मिलेको पत्रकार जीवन सेजुवालले बताउनु भयो

    सम्मानित हुनेहरुमा नृपेन्द्र बहादुर मल्ल २० वर्ष देखि रासस , वर्ष देखि हिमालय टाइम्स १० वर्ष देखिहाम्रा कुरा डटकममा आवद्ध रहि पत्रकारिता गरिरहनु भएको भने विनोद कुमार मल्ल २५ वर्ष देखि रेडियोनेपाल जीवन सेजुवाल २२ वर्ष दान बहादुर वुढा १५ वर्ष देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ

    छायानाथ रारा नगरपालिकाको १४ औँ नगरसभाको उदघाटन सत्र कर्णाली प्रदेश सरकारका पुर्वउधोग,पर्यटन तथा वन वातावरण मन्त्री तथा प्रदेश सदस्य जित बहादुर मल्लको प्रमुख आथित्यता नगरप्रमुख विष्णु कुमार भामको सभाध्यक्षमा विहिवार सम्पन्न भएको थियो विहिवार साझँबाट नयाँ संशोधित विधेयक बारे दफावार छलफल शुरु हुने नगरप्रमुख भामले जानकारी गराउनु भयो

  • २६ पुष २०८०, बिहीबार २१:०६ प्रकाशित

  • Nabintech