नेशनल प्याब्सन स्थापना दिवसको अवसरमा नीलसागरका ३५ जनालाई भोजन खुवाइयो (फाेटाे फिचर)

  • नमस्ते कर्णाली

  • राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपालको स्थापना दिवसको अवसरमा कोहलपुरमा जेष्ठ नागरिकलाई भोजन खुवाइएको छ । नेशनल प्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा २६औंँ नेशनल प्याब्सन स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक भोजन ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

    कोहलपुरस्थित नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा आश्रित ३५ जनालाई जेष्ठ नागरिकलाई खाना खुवाइएको काेहलपुर नगर अध्यक्ष विष्णु केसीले बताए । ‘नेशनल प्याब्सनको स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरिएको छ । आश्रममा रहेका जेष्ठ नागरिकलाई खाना खुवाइएको छ,’ अध्यक्ष केसीले भने,‘आश्रममा औपचारिक कार्यक्रमसमेत सम्पन्न भयो । हामीले आगामी दिनमा पनि सामाजिक कार्य गर्ने योजना बनाएका छौं ।’ जेष्ठ नागरिकलाई भोजन ग्रहण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले विभिन्न समस्यामा परेर आश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिकलाई सहयोग गर्नु सकारात्मक कार्य भएको बताए । उनका अनुसार नीलसागरले लामो समयदेखि यस्ता नागरिकलाई आश्रय दिइरहेको छ ।

    उनले नेशनल प्याब्सनले गरेको मानवीय कार्यको सबैले अनुसरण गर्नुपर्ने धारणासमेत राखे । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले उच्चतम् सामाजिक कार्यका लागि नेशनल प्याब्सनलाई धन्यवाद प्रकट गरे । नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले दिवसलाई फरक ढंगले मनाऔंँ भन्ने उद्देश्यले नीलसागरमा रहेका जेष्ठ नागरिकलाई भोजन खुवाइएको बताए । उनका अनुसार यसअघि पनि विभिन्न स्थापनामा यस्ता प्रकारका सामाजिक कार्य गर्दै आएको छ ।

     

  • २७ पुष २०८०, शुक्रबार १४:३७ प्रकाशित

  • Nabintech