जिप्रका मुगुद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • मुगु नागरिकको गुनासो सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मुगुले नागरिक सुनुवाईकार्यक्रम सम्पन्न गरेको

    छायानाथ रारा नगरपालिका वडा न १ स्थित कालिका मालिका मन्दिरको प्राङ्गणमा जिल्ला नागरिकसुनुवाई कार्यक्रम सम्पन्न भएको हो गुनासो व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले प्रदान गर्दैआएको सेवा सुबिधा र स्थानिय संग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरीमुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमकोआयोजना गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको । नागरिक सुनुवाई कार्यक्रममा हाल सम्म मुगु जिल्ला प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गतका कार्यक्रमहरू लागु भए देखी हालसम्मको प्रगती विवरणहरु

    अन्तरक्रियात्मक गस्ती परिचालन,यात्रु मैत्री अभियान,निवेदन लेखनमा सहजीकरण,नागरिक सहजकर्तापरिचालन,घरघरमा स्टिकर टाँस अभियान,कर्णाली लागु औषध बिरुद्ध लालटिन अभियान,LRP लामोगस्ति,नागरीक सुनुवाई कार्यक्रम,जिल्ला सुरक्षा समितिको बैठक,अन्तर जिल्ला सुरक्षा समितिकोबैठक,जाहेरी वा निबेदन सम्बोधन उपर (पिडित नागरीक साहेता),गुनासो व्यवस्थापनको लागि Q.R Corde को प्रयोग गरीएको,सामुदायिक प्रहरी साझेदारी अन्तर्गतका कार्यक्रमहरु

    मुद्दा दर्ताः २२ वटा फर्चेट संख्याः १२ वटा भव्यतव्य ज्यानः वटा आत्महत्या गर्नेको संख्याः वटा रहेको मुगुका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताए। नागरिक सुनुवाई कार्यक्रमले प्रहरी नागरिककोसम्बन्ध राम्रो हुने भएकाले मुगु प्रहरीले प्रत्येक पालिकामा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएकोगुनासो सहितको सल्लाह सुझावलाई कार्यान्वयन गर्ने र जनतालाई सहज सेवा प्रवाह गर्नका लागिनागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने थापाले बताउनुभयो

    नागरिक सुनुवाई कार्यक्रममा नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषधदुर्व्यसनी, दुर्घटना न्यूनीकरण  प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमाध्यानाकर्षण गराएकथिए

    मुगु नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले जनताको गुनासो सुनेर स्थानीय सरकार प्रहरीप्रशासनले छिटो छरितो रुपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो

    नागरिकको गुनासोलाई सम्बोधन हुने गरी जनताप्रति उत्तरदायी बन्नुपर्ने गरि मुगु प्रशासनले काम गर्ने प्रमुखजिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताउनुभयो

  • २८ पुष २०८०, शनिबार १५:०६ प्रकाशित

  • Nabintech