मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार नगर प्रहरी र सरकारी कर्मचारी संलग्न

  • सनत हमाल

  • मुगु मुगुमा १४ वर्षीया बालिकालाई प्रलोभनमा पारी यौन शोषण गरेको आरोपमा नगर प्रहरी सरकारीकर्मचारी सहित पाँच जना पक्राउ परेका छन

    १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको बलात्कारमा संलग्नभएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको भने अन्य चार जना फरार रहेका छन्

    पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका कार्कीवाडाका३० वर्षीय बसन्तबहादुर कार्की कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्तरोकाया रहेका छन्

    त्यस्तै अन्य तीन जना बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन बालिकाको स्वास्थ्य बिग्रनथालेपछि परिवारले उनलाई अस्पताल लगेका थिए चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेकोदेखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो जिल्ला प्रहरी कार्यालय मुगुकाका अनुसारअझै चार जना फरार रहेका र खोजि कार्य जारी रहेको छ

    प्रहरीका अनुसार गत असोजमा बसन्तबहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम भनीबोलाएर तान्दै आफ्नो कोठामा लगेका र त्यहाँ बसन्त रोकाया पदमबहादुर रोकायाले बालिकालाईबलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख । उनीहरूलाई पुस २५ गते पक्राउ गरी १३ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीले जानकारी गराउनु भयो । फरार भएकाहरुलाई पनि प्रहरीले खोजीरहेको र पीडितबालिकालाई एक संस्थाको संरक्षणमा राखिएको बुढाथोकीले बताय

  • २ माघ २०८०, मंगलवार ०८:०३ प्रकाशित

  • Nabintech