काेहलपुरका जनप्रतिनिधि र कर्मचारीमा मधुमेह र सुगरकाे समस्या

  • नमस्ते कर्णाली

  • काेहलपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू मधुमेह र सुगरबाट ग्रसित भएकाे पाइएकाे छ । नगरपालिकामा कमर्मचारी र जनप्रतिनिधिहरूमा गरिएकाे स्वास्थ्य परिक्षणका क्रममा उनीहरू मध्ये केहीमा मधुमेह र सुगरकाे समस्या रहेकाे पाइएकाे हो । स्वास्थ्य परिक्षणमा सहभागी स्वास्थ्यकर्मीका अनुसार केहीले त मधुमेह र सुगरकाे समस्या कम गर्न चिकित्सककाे सल्लाहमा औषधिसमेत सेवन गरिएका छन् । परिक्षण गरिएका मध्ये ६ जनामा त पूर्णरूपमा मधुमेह र सुगरकाे समस्या देखिएकाे ती स्वास्थ्यकर्मी बताउँछन् । पुस २५ गते सम्पन्न चाैधाैँ नगर सभाकाे क्रममा उनीहरूकाे स्वास्थ्य परिक्षण गरिएकाे थियाे । हेल्थ डेक्सकाे व्यवस्था गरेर गरिएकाे प्रेसर र सुगर गरिक्षण तथा चेकजाँचका क्रममा यस्ताे समस्या देखिएकाे हाे । उक्त अवसरमा जम्मा ६६ जना कर्मचारी र जनप्रतिनिधिकाे स्वास्थ्य चेकजाँच गरिएकाे काेहलपुर स्वास्थ्य चाैकीमा कार्यरत ल्याब टेक्नेसियन दीपक शमर्माले बताए । परिक्षण गरिएका मध्ये १९ जना र ४७ जना पुरूष रहेका छन् । उनीहरू मध्ये ६ जनामा सुगर र मधुमेहकाे समस्या देखिएकाे हाे । यस्ताे समस्या देखिनेमा बढी जनप्रतिनिधि छन् । ४० वषर्ष भन्दा माथिकाे उमेरका जनप्रतिनिधि र कर्मचारी यस्ताे समस्या देखिएकाे हाे । उक्त अवसरमा काेहलपुरका नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितकाे परिक्षण गरिएकाे थियाे । उनीहरूमा भने अवस्था नर्मल देखिएकाे उनीहरूकाे भनाई छ । बेला बेलामा चेकजाँच गरिरहन्छाै । नगर सभाकाे बेला पनि चेकजाँच गरिएकाे थियाे, उनले भने, अधिकांशकाे अवस्था सामान्य देखियाे । केहीकाे भने अवस्था गम्भीर देखिएकाे छ । खानपिनमा ध्यान दिन सुझाव दिएका छाै । खानपिनमा लापरवाही,नियमित व्याम नगर्ने र चिन्ता धेरै लिनाले प्रेसर भएमा मधुमेह तथा सुगरकाे समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

  • ३ माघ २०८०, बुधबार १०:०३ प्रकाशित

  • Nabintech