कोहलपुरमा कपडा बैंक सञ्चालन

  • नमस्ते कर्णाली

  • कोहलपुरमा कपडा बैंक सञ्चालनमा आएको छ । कोहलपुरका युवाहरूको सक्रियतामा कपडा सञ्चालनमा आएको हो । ‘न्यानो रहौं, न्यानो बनाऔँ ।’, ‘मन् हुनेले दिउँ, मन् खोलेर लिऊँ ।’, ‘कपडा खेर नजाओस्, सबैको काम आओस् ।’ भन्ने मूल नारासहित कपडा बैंक सञ्चालन गरिएको हो । कपडा बैंकमा जुनसुकै व्यक्तिले निःशुल्क कपडा प्राप्त गर्न सक्नेछन् भने जो कोहीले पनि निःशुल्क दिन सक्नेछन् । बैंक स्थापनाका लागि अगुवाई गरेका भरत पनेरुका अनुसार मन हुनेले मन खोलेर दिउ आफूसँग भएको कपडा दिन सक्नेछन् । कोहलपुरमा यसअघि पनि कपडा बैंक स्थापना गरिएको थियो । व्यवस्थापन राम्रो नहुँदा बीचमा चल्न सकेन । फेरि कोहलपुरका जागरुक युवाहरुको सक्रियतामा सञ्चालनमा आएको हो । पनेरुले विगतको पाठ सिकेर परिस्कृत रुपमा सञ्चालन गरिने बताए । बैंकको लागि पहिलो चरणमा विभिन्न व्यक्तिहरुले कपडा सहयोग गरेका छन् । कल्पना काफ्ले,अन्जना पाण्डे,दिनेश सिग्देल र कुसुम पोखरेलसहित सात जनाले कपडा सहयोग गरेको उनको भनाइ छ । मंगलबार कपडा संकलनका लागि छलफल कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो तर्फबाट सहयोग गरेका हुन् । इलाका प्रहरी कार्यालयका डीयसपि सुन्दर तिवारीसहितको कपडा संकलन गर्ने टिमसमेत निर्माण गरिएको छ । १२ जनाको उक्त टिमले विभिन्न व्यक्ति तथा संस्थाहरुसँग कपडा संकलन गर्नेछ । ॅयो हुने दिने र नहुनेले आफै लिने कार्यक्रम हो । चिसोबाट नागरिकलाई केही राहत होस भन्ने हाम्रो उद्देश्य रहेको छ । विपन्नहरुलाई सहयोग होस् भन्ने पनि हाम्रो ध्येय हो ।’ पनेरुले भने । पनेरुले आआफ्नो घरमा भएका प्रयोगमा नआएका तर प्रयोग योग्य कपडाहरु सहयोग गरिदिन पनि आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालयका डीयसपि सुन्दर तिवारीले युवाहरुको सक्रियतामा कपडा बैंक स्थापना हुनु सकारात्मक कुरा भएको बताए । उनका अनुसार युवाहरुबाट समाज परिवर्तन गर्न आवश्यक छ । सोही अनुसार अभियानमा प्रहरीको समेत पूणर् साथ रहेको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलले यस्तो मानवीय कार्यमा सबैको साथ र समर्थन जरुरी रहेको बताए । अभियान सफल बनाउनको लागि आफ्नो तर्फबाट सकेको सहयोग गरेको र आगामी दिनमा पनि अभियानमा प्रत्यक्ष जोडिने प्रयासमा आफू रहेको बताए ।

  • ३ माघ २०८०, बुधबार १०:३८ प्रकाशित

  • Nabintech