बाँकेकाे बैजनाथमा ‘प्रथम बैजनाथ महोत्सव’ हुँदै

  • नमस्ते कर्णाली

  • बाँके जिल्लाकाे बैजनाथ गाउँपालिकामा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव हुने भएकाे छ । नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समितिकाे आयाेजनामा बैजनाथमा महाेत्सव आयाेजना हुने भएकाे हाे । समितिका अध्यक्ष दुर्गा बहादुर घिमिरेका अनुसार महाेत्सव आगामी माघ १० गतेबाट सुरू हुनेछ । अहिले महाेत्सवकाे तीव्र तयारी भइरहेकाे उनले बताए । मेला माघ २१ गतेसम्म बैजनाथ-५ काेहलपुर न्युसिटीमा आयाेजना गरिनेछ । घिमिरेले बैजनाथमा ऐतिहासिक रूपमा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रबिधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव २०८० सफल पार्न स्थानीय सरकार विभिन्न राजनैतिक दल समाजसेवी बुद्धिजिबि महिला उद्यमी संघ संस्था लगाएत विभिन्न ब्यक्तिहरुले महोत्सव सफल पार्न सुझाव सहित एक्यवद्धता जाहेर गरेकाे बताएका छन् । प्रतियोगिताकाे सह आयाेजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ काे कार्यालय रहेकाे छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेकाे छ । महाेत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुती रहनेछ ।

  • ३ माघ २०८०, बुधबार ११:०० प्रकाशित

  • Nabintech