प्रथम बैजनाथ महोत्सवका मुख्य आकर्षण : कृषि उत्पादन,हस्तकला र थारु संस्कृतिसम्म

  • नमस्ते कर्णाली

  • कोहलपुर : बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि सुरु हुने प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवका मुख्य आकर्षणहरु सार्वजनिक गरेको छ । आयोजक नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्वसका मुख्य आर्षकणहरु सार्वजनिक गरेको हो ।

    महोत्सव प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माका अनुसार ११ वटा मुख्य आकर्षणहरु रहेका छन् । राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तु एंव सामग्रीहरु र लुम्बिनी प्रदेशको मौलिक कला संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एंव प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी मुख्य आषर्कणका रुपमा रहेका छन् ।

    यस्तै महिला उद्यमीद्धारा उत्पादित हस्तकलाका सामग्री एंव वस्तुहरुको प्रर्दशनी, नविनतम् प्रविधि एंव बैकल्पिक उर्जाको प्रदर्शनी र बैंक तथा वित्तीय संघ संस्था एंव सेवा प्रदायक संघ संस्थाहरुको वर्तमान स्किमहरुको प्रदर्शनी रहेका छन् । संयोजक विश्वकर्माले विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुबाट उत्पादित तथा सामग्रीहरुको प्रदर्शनी र बाल उद्यानको समेत व्यवस्था रहेको छ ।

    यस्तै थारु परिकार तथा सम्बन्धित सांस्कृतिक झाँकीहरु र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ । महोत्सव २०८० सफल पार्न स्थानीय सरकार विभिन्न राजनैतिक दल समाजसेवी बुद्धिजीवी महिला उद्यमी संघ संस्था लगाएत विभिन्न ब्यक्तिहरुले महोत्सव सफल पार्न सुझाव सहित एक्यवद्धता जाहेर गरेको बताएका छन् । प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ ।

  • ४ माघ २०८०, बिहीबार १३:०२ प्रकाशित

  • Nabintech