कोहलपुरमा थुनुवा कक्षमै पुस्तकालय : क्षतिपूर्तिको रकमबाट थुनुवालाई पुस्तक

  • नमस्ते कर्णाली

  • कोहलपुर : पुस २९ गते कोहलपुर ३ मा दुर्घटना भयो । कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । भाग्यवश ठूलो दुर्घटना भएन । मदनचोकमा भएको दुर्घटनाले विपरित दिशाबाट आइरहेको मोटरसाइकलले कारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट कारमा सामान्य क्षति पुग्यो । दुर्घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यालयमा छलफलसमेत भयो । त्रिपक्षीय छलफलबाट मोटरसाइकल वालाले कारवालालाई दश हजार क्षतिपूर्ति दिने सहमति हो । दुर्घटना हुँदा ताकाका दुई पक्ष र प्रहरीबीच यस्तो सहमति भएको थियो । मोटरसाइकल वालाले कार मर्मतका लागि दश हजार दिने सहमति गरेर दुवै पक्षबीच मिलापत्र भएको इलाका प्रहरी कार्यालय कार्यालय कोहलपुरले जनाएको छ ।

    ती कारवाला भने काठमाडौंको कुपण्डोल निवासी थिए । तर,उनले कार मर्मतका लागि प्राप्त भएको दश हजार रुपैयाँ पुस्तकालयलाई दिने निर्णय सुनाए । उनका अनुसार कारमा सामान्य क्षति पुगेको थियो । मोटरसाइकलवालाई गल्ती महसुस होस भनेर आफूले क्षतिपूर्ति भराएको बताए ।

    ‘म धनगढीबाट आउँदै गर्दा मदनचोकमा दुर्घटना भएको थियो । दुर्घटनाबाट कारमा सामान्य क्षति पुग्यो,’ उनले भने, ‘अन्त्यमा उहाँले मलाई दश हजार रुपैयाँ दिने सहमति भयो । मैले भने हिरासतका कैदीबन्दीलाई पुस्तक किनिदिए ।’ कारमा सामान्य क्षति पुगेकोले आफैले मर्मत गर्न सकिहाल्ने बताए । उक्त रकम सामाजिक कार्यमा प्रयोग गरौँ भन्ने उद्देश्यले पुस्तकालयलाई हस्तान्त्रण गरेको दाहालले बताए । दाहालसँगै आएका धनगढीका रोहित रानाका अनुसार कैदीबन्दीहरुलाई पुस्तक हस्तान्त्रण गर्नु सकारात्मक कार्य हो । उनले इलाका प्रहरी कार्यालयमा आउँदा एकदमै सेवाग्राही मैत्री वातावरण पाएको बताए ।

    ‘हामी पहिलो चोटी यहाँ आएका थियौं,’ रानाले भने,‘यहाँ धेरै राम्रो वातावरण पायौ । सेवाग्राही मैत्री धेरै काम भएका रहेछन् । हाम्रोतर्फबाट पनि यसो अभियानमा सहयोग पुगोस् भनेर सहयोग गरिएको हो । ’
    यता,इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीयसपि सुन्दर तिवारी हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयका लागि २१ थान पुस्तक सहयोग प्राप्त भएको बताउँछन् । इलाका प्रहरी कार्यालय मै आएर दाहालले सहयोग गरेको उनले बताए । उनी भन्छन्,‘ एउटा केसको लागि आउनु भएको थियो । केस मिल्यो । क्षतिपूर्तिको रकमबाट किताब खरिद् गरेर दिनुभयो ।’

    दाहालले कैदीबन्दीहरुलाई सोधेर उनीहरुको रुचि अनुसार पुस्तक खरिद् गरिदिएको तिवारीले बताए । यसअघि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको समन्वयमा पुस्तकालय स्थापना गरिएको थियो । पुस्तकालयलाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् । हाल हिरासतमा २८ जना थुनुवा रहेका छन् ।

     

     

  • ५ माघ २०८०, शुक्रबार १२:४४ प्रकाशित

  • Nabintech