प्रथम बैजनाथ महोत्सव : बैजनाथका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने

  • नमस्ते कर्णाली

  • कोहलपुर : माघ १० गतेदेखि सुरु हुन गइरहेको प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सवमा बैजनाथका प्रमुख पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवद्र्धन गरिने भएको छ । महोत्सवलाई पर्यटन प्रवद्र्धनसँग जोड्नको लागि त्यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गरिने भएको हो । आयोजक नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समितिले महोत्सवलाई यहाँ पर्यटन प्रवद्र्धनसँग पनि जोड्ने जनाएको छ ।

    महोत्सवलाई बैजनाथ गाउँपालिका भित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा,मौलिक तथा सांस्कृतिक महत्व बोकेका विविधतायुक्त गन्तव्यहरुको व्यापक प्रचार प्रसार गरिने महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष सुमन विश्वकर्माले बताए । उनका अनुसार त्यहाँ रहेका विभिन्न झाँकी, बाजा, परम्परागत पेसा,सीप लगायत राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल गन्तव्यहरुको समेत प्रवद्र्धन गरिनेछ ।

    पालिकामा रहेका विभिन्न सम्भावना बोकेका पर्यटकीय स्थलहरुको पनि प्रचार गरिने उनको भनाइ छ । वडा नम्बर ६ मा रहेको निर्माणाधिन मान सरोवर बोटानिकल गार्डेन, वडा नम्बर ३ मा रहेका कन्वा ताल र वडा नम्बर १ मा रहेका गाँभर भ्यालीलाई थप उचाईमा पु¥याउन र पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी बन्ने विश्वास आयोजकले लिएको छ ।

    गाभर भ्याली होमस्टेका रुपमा राष्ट्रिय स्तरमा परिचित छ । सोही स्थानमा रहेका लायन्स पार्कलाई पनि चिनाउन सहयोग पुग्ने विश्वास लिइएको संयोजक विश्वकर्माले बताए । यस्तै पालिका स्तरमा रहेका घरेलु तथा साना उद्योगहरु, महिला उद्यमीहरुले आफ्ना उत्पादनको महोत्सवमा प्रचार प्रसार गर्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ ।

  • ५ माघ २०८०, शुक्रबार १२:४७ प्रकाशित

  • Nabintech