प्रथम बैजनाथ महोत्सव : दुई लाख दर्शक भि¥याउने लक्ष्य

  • नमस्ते कर्णाली

  • कोहलपुर : जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यु सिटीमा प्रथम बैजनाथ महोत्सव हुँदैछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समितिको आयोजनामा महोत्वस यही माघ १० गतेदेखि सुरु हुँदैछ । आयोजनकले महोत्सवलाई ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव’ नाम दिएको छ । महोत्सव हुने मिति नजिकिदै गर्दा आयोजकले महोत्सवको तयारीलाई तीव्र पारेको छ ।

    अहिले महोत्सवस्थलमा स्टल निर्माणदेखि अन्य प्रचार प्रसारका कार्य भइरहेको छन् । आयोजकले महोत्सवको तयारी पुरा भएको जनाएको छ । महोत्सवका मुख्य आकर्षणहरु सार्वजनिक गरिसकेको आयोजकले बैजनाथ गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरुको समेत प्रवद्र्धन गरिने जनाएको छ । बैजनाथ गाउँपालिका थारु संस्कृतिको बाहुल्य भएको पालिका हो । त्यहाँ राष्ट्रिय रुपमै परिचित गाभर होमस्टे रहेको छ । मानसरोवर बोटानिकल पार्क र कन्वा तालसमेत रहेका छन् । महोत्सव प्रचार प्रसार समितिका संयोजक सुमन विश्वकर्माका अनुसार ११ वटा मुख्य आकर्षणहरु रहेका छन् ।

    महोत्सवमा हरेक दिन स्थानीय देखि राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछन् । महोत्सवमा अहिलेका चर्चित कलाकार पल शाहदेखि महानायक राजेश हमाल र स्थानीय कलाकारहरुको समेत बजोड प्रस्तुति रहनेछ । मेला अवधिभर एक लाख पचास हजारसहित दुई लाख दर्शक भि¥याउने लक्ष्य रहेको संयोजक विश्वकर्माले बताएका छन् । उनका अनुसार हरेक दिन कम्तिमा दश हजार दर्शकको उपस्थिति रहने आकलन गरिएको छ । महोत्सव अवधिभर लघु घरेलु तथा साना उद्योगहरुले स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्नेछन् । यस्ता कार्यले आन्तरिक पर्यटन प्रवद्र्धन हुनेदेखि उत्पादन बजारीकरण हुने आशा राखिएको उनले बताए ।

    यस्तै महिला उद्यमीद्धारा उत्पादित हस्तकलाका सामग्री एंव वस्तुहरुको प्रर्दशनी, नविनतम् प्रविधि एंव बैकल्पिक उर्जाको प्रदर्शनी र बैंक तथा वित्तीय संघ संस्था एंव सेवा प्रदायक संघ संस्थाहरुको वर्तमान स्किमहरुको प्रदर्शनी रहेका छन् । संयोजक विश्वकर्माले विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुबाट उत्पादित तथा सामग्रीहरुको प्रदर्शनी र बाल उद्यानको समेत व्यवस्था रहेको छ । यस्तै बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्¥याउने,मौलिक संस्कृतिलाई चिनाउने र अर्थतन्त्र विकास गर्ने महोत्सवको प्रमुख उद्देश्य र लक्ष्य रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेछ ।

  • ७ माघ २०८०, आईतवार १२:२२ प्रकाशित

  • Nabintech