सोरू गाउँपालिकामा टेलिफोनको समस्या : दुई दर्जन बस्ती सञ्चारको पहुँचविहीन

एक कल फोन गर्न पालिका केन्द्र र सदरमुकाम पुग्नु पर्ने बाध्यता कायमै


  • सनत हमाल

  • मुगु  : मुगु जिल्लाको सोरू गाउँपालिका भित्रका अधिकांश बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको छ । विश्व प्राविधिको जमनामा फट्को मारिरहदा यता मुगुको सोरू गाउँपालिका भित्रका अधिकांश बस्तीहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेका छन् । सोरू गाउँपालिका भित्रका अधिकांस वडाहरू सञ्चारको पहुँच भन्दा बाहिर रहेको पाइएको हो । सिंगो गाउँपालिकालाई समेट्ने गरी निर्माण गरिएका सोरू वडा नम्बर ८ कच्चेकोट र वडा नम्बर ६ पुरूमुरूको लेकमा नेपाल टेलिकमका फोरजी टावर राखेपनी उपकरण जडान गरी सञ्चालनमा नल्याईदा समस्या भएको छ ।


    आफन्तको लागि जरूरी खवर गर्न र ईमेल ईन्टरनेटबाट डकुमेन्ट पठाउन गाडी चढेर गमगढी जानु पर्ने बाध्यता छ ।‘जान आउन गरेर एक दिनमा करिब ३ हजार खर्च हुन्छ । के गर्ने गाउँमा एक कल फोन समेत लाग्दैन,’ नलाग्ने सोरू गाउँपालिकालवडा नम्बर ८ तारापानीका स्थानिय प्रेम बहादुर रावल भन्छन् । कालैं स्वास्थ्य चौकीका सिनियर अहेब छक्क बहादुर शाहीका अनुसार रातको समयमा आफन्त बिरामी हुँदा सुत्केरी ब्यथा लाग्दा एम्बुलेन्स डाक्न समेत बिकल्प छैन । जिल्लाकै दुर्गम बस्तीमा अवस्थित स्वास्थ्य चौकीमा हुने विभिन्न अफिसेली काम गर्दा ईमेल, ईन्टरनेट आबश्यक पर्दछ के गर्ने ? कार्यालयको प्रगतिको रिपोर्ट गर्नुपर्छ । सम्बन्धित ठाउँमा कागजात पुर्याउन र जानकारी गराउन स्थलगत यात्रा गरी समय खर्चिनु पर्ने बाध्यता छ । गाउँमा बस्दा कतै खवर आदान प्रदान नहुँदा गुमराहा भई बस्नु पर्ने बाध्यता छ ।
    कतै एक कल फोन गर्नु पर्दा कि त अल्का डाँडोमा जानू पर्छ कि त गाडीमा सोरूकोट र गमगढी जानू पर्ने वाध्य अवस्थामा भयको शाहीले गुनासो गरे । सोरू गाउँपालिका भित्रका अधिकांश युवाहरू ईन्टरनेटको पहुँचबाट बाहिर हुँदा विभिन्न किसिमका जानकारी,सूचनाहरू समयमा नै पाउन नसकी विभिन्न अवसरबाट बन्चित हुनु परेको छ । सोरू गाउँपालिका भित्रका तारापानी, गिलाहाँ,नुवाँकोट सीप, रूम,कच्चे,आँसीधारा, ख्याल्च, बुम्च, सिरूपाटा, ताँजा, जडेपानी फोतु लिब्रु, नेर, लगायतका दुर्गम बस्तीहरू संचारको पहँच भन्दा बाहिर रहेका छन् ।
    नेपाल सरकारले देश भरिका सबै दुर्गम बस्तीहरूमा सञ्चारमा पहुँच पु¥याउने लक्ष्य अनुसार नेपाल टेलिकमले पनि सरकारको लक्ष पूरा गर्ने नीति अनुरूप सोरूमा पनि सबै बस्ती कभरेज हुने गरी सञ्चार सेवा बिस्तारका लागि आफू लागि परेको नेपाल टेलिकमका कर्णाली प्रदेशका क्षेत्रीय निर्देशक उमेश शाहले बताए

  • ७ माघ २०८०, आईतवार १२:२५ प्रकाशित

  • Nabintech