कोहलपुरमा विपन्नलाई न्यानो कपडा वितरण सुरु

  • नमस्ते कर्णाली

  • कोहलपुरः कोहलपुर नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण सुरु गरेको छ । वडा नम्बर १ देखि १५ सम्मका ७५ जना विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा ‐बल्यांकेट वितरण गर्न सुरु गरेको हो । नगर क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि सबै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु गरिएको हो । कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले जानकारी दिइन् । सो अभियान कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट सुरु गरिएको छ । वडा नम्बर ११ मा एक कार्यक्रमका बीच शुक्रबार एक ७४ वर्षीय लादी थारुलाई नगर उपप्रुमख संगिता सुवेदीले बल्यांकेट वितरण्न गरेर कार्यक्रमको शुभारम्भ गरिन् । शनिबार वडा नम्बर २ मा न्यानो कपडा वितरण गरिएको छ ।

    विपन्नमा पनि अति विपन्न जेष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरिएको उपप्रमुख सुवेदीले बताइन् । सुवेदीका अनुसार सकेसम्म सबै जेष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिएपनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर बल्यांकेट प्रदान गर्नु परेको छ । यस्तै वडा नम्बर ११ की वडाअध्यक्ष कल्पना अधिकारीले आवश्यकताको पहिचान गरेर व्यक्तीहरु छनौट गरि न्यानो कपडा प्रदान गरिएको जानकारी दिइन् ।

    यस्तै वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले वडाका दश वटा टोलमा पुगेर न्यानो कपडा वितरण गरिएको बताएका छन् । अत्यधिक चिसोका कारण सकसपूर्ण जीवन ज्यूँन बाध्य जेष्ठ नागरिकले बल्यांकेट पाउँदा खुसी व्यक्त गरेका थिए ।

    उपशाखाले पहिलो दिन १० वटा वडाका ५० जना विपन्न जेष्ठ नागरिकलाई बल्यांकेट वितरण गरेको थियो । आइतवार वडा नम्बर ३, १०, १२, १४ र १५ का विपन्न जेष्ठ नागरिकलाई बल्यांकेट विततरण गरिनेछ । एउटा वडामा पाँच जनाका दरले १५ वटा वडामा ७५ जना विपन्न जेष्ठ नागरिकको पहिचान गरी बल्यांकेट वितरण गर्न सुरु गरिएको उपशाखा प्रमुख शाहले बताइन् । उनले वडाको सिफारिसका आधारमा व्यक्तिको पहिचान गरिएको पनि उल्लेख गर्नुभयो । त्यसका लागि पालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।

  • ७ माघ २०८०, आईतवार १२:३२ प्रकाशित

  • Nabintech