चिसोका कारण कोहलपुरमा पठनपाठन स्थगित

  • नमस्ते कर्णाली

  • कोहलपुर : बाँके जिल्लाको कोहलपुर नगरपालिकाले जाडो विदा दिएको छ । दुई सातादेखि लगातार चिसोका कारण विद्यार्थीहरुलाई पर्ने असरलाई मध्यनजर गर्दै विदा विदा दिइएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै कोहलपुर क्षेत्रमा रहेको सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द गरिएको जनाएको छ । शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालका अनुसार सोमबार देखि बुधबारसम्म विद्यालय बन्द गरिएको छ ।

    माघ ८ गतेदेखि माघ १० गतेसम्म विद्यालयहरु बन्द रहने उनको भनाइ छ । जारी सूचनामा भनिएको छ,‘ कोहलपुर नगरपालिकाका कायबाहक नगरप्रमुख ज्युको अध्यक्षतामा शिक्षक महासंघ, नगर स्तरीय प्याब्सन, एन प्याव्सन र क्रियाका अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले माघ ८ देखि १० गतेसम्म विदा दिने निर्णय गरिएको छ । विद्यालयमा प्रतिकूल मौषमका कारण पठनपाठन स्थगित गराउने निर्णय गरिएको जानकारी गरिन्छ ।’ यसअघि नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी गाउँपालिका, जानकारी गाउँपालिका र डुडुवा गाउँपालिका विदा दिएका थिए ।

    चिसोका कारण विद्यार्थीहरुलाई रुखाखोकी र ज्वरोको समस्या देखिन थालेपछि सुरक्षाका लागि ती पालिकाले जाडो विदा दिइएको हो ।बाँकेमा दुई सातादेखि लगातार घाम लाग्न सकेको छैन । निरन्तरको चिसोका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहर र लूका कारण यहाँ जनजीवन निकै कष्टकर बन्दै गएको हो । चिसोका कारण खास गरी बृद्धबृद्धा, बालबालिका र स्थानीय मजदुर बढी समस्यामा परेका छन् । स–साना स्कुले विद्यार्थीहरुलाई समेत चिसोले प्रभाव पारेको छ ।बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिका मा भने पठनपाठन भइरहेको छ ।

     

  • ८ माघ २०८०, सोमबार १६:४७ प्रकाशित

  • Nabintech