बाँकेको बैजनाथ चिनाउन ऐतिहासिक महोत्सव

  • शुभाकर विश्वकर्मा

  • कोहलपुर : बाँकेको बैजनाथ–५ कोहलपुर न्युसिटीमा प्रथम बैजनाथ महोत्सव सुरु हुँदैछ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक,लघु,घरेलु महिला उद्यमी,कृषि तथा प्रविधि प्रदर्शनी,व्यापार एवं पर्यटन महोत्सव–२०८०’ सुरु हुन लागेको हो । माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवको लुम्बिनी प्रदेशका सहरीविकास मन्त्री कृष्णा केसी ‐नमुना) ले उद्घाटन गर्दैछिन् । कृषि,पर्यटन,उद्योग र उत्पादन,संस्कृतिको पहिचान गर्ने महोत्सवको उद्देश्य छ । विकास र समृद्धि बैजनाथको अभियानमा सहकार्य गर्ने महोत्सवको लक्ष्य छ । ‘समृद्ध बैजनाथ हाम्रो अभियान’ बैजनाथ गाउँपालिकाको मुख्य ध्येय छ ।

    ‘बैजनाथ गाउँपालिकालाई चिनाउने प्रयास हो, यहाँका पर्यटकीय स्थल,ऐतिहासिक सम्पदा, भेषभुषा, संस्कृतिलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको हो, प्रथम बैजनाथ महोत्सव,’ प्रचार प्रसार संयोजक सुमन विश्वकर्मा भन्छन् । महोत्सवलाई बैजनाथलाई राष्ट्रिय स्तरमा चिनाउने जमर्को भएको उनको भनाइ छ । यतिमात्रै होइन यहाँका स्थानीय उत्पादन,संस्कृतिको प्रवद्र्धन, उद्यमशिलताको प्रदर्शनी गर्नको लागि महोत्सव आयोजना हुन लागेको संयोजक विश्वकर्मा बताउँछन् । महोत्सवलाई बहुआयामिक बनाउन खोजिएको उनी प्रष्ट पार्छन् । महोत्सवका मुख्य ११ वटा आकर्षणहरु रहेका छन् । महोत्सवमार्फत बैजनाथका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिनेछ ।

    महोत्सव अवधिभर लघु घरेलु तथा साना उद्योगहरुले स्थानीय उत्पादनको बजार प्रवद्र्धन गरिनेछ । औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुबाट उत्पादित तथा सामग्रीहरुको प्रदर्शनी र बाल उद्यानको समेत व्यवस्था रहेको छ । दुई सय वटा भन्दा बढी स्टल रहनेछन् । दुई लाख दर्शक भि¥याउने लक्ष्य रहेको छ । संयोजक विश्वकर्माले महोत्सव सञ्चालन पूर्वका सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।

    महोत्सवमा राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुतिसमेत रहनेछ । यस्तै महोत्सवमा स्थानीय कलाकारहरुको क्षमता अभिवृद्धिका लागि प्रथम बैजनाथ डान्स आइडलसमेत हुने उनले बताए । एकल नृत्य प्रतियोगिता, संघ सस्था विद्यालय क्लब वा व्यक्तिगत सहभागी भइ आफ्नो प्रस्तुति देखाउन सकिने छ । महोत्सवका विभिन्न प्रदर्शनीसमेत हुनेछ । त्यसको लागि बुद्धको मुर्ति निर्माण गरिएको छ ।

    हात्तीदेखि बाघसमेत महोत्सवका आकर्षक रहनेछन् । महोत्सवमा विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेछ ।
    को हुन् बैजनाथ थारु
    बैजनाथ थारु साविक वनकुटवा गाविस वडा नम्बर ३ ‐हाल बैजनाथ–७ पेडारी) मा मा जन्मिएका हुन् । थारुको जन्म विसं. १९४६ साल कार्तिक १२ गतेका दिन भएको थियो । बुवा लालबहादुर थारु र आमा गुडिया थारुका कोखबाट उनको जन्म भएको हो । घरका दुई दाजुभाईमध्ये जेठो सन्तान थिए, बैजनाथ थारु । ७० बर्षअघि शहीद भएका बैजनाथ थारुको नातीपतानी लगायत ठूलो वंश परिवार अहिले पनि पेडारी गाउँमा बसोबास गर्छन् ।

    उनकै नामबाट हालको बैजनाथ गाउँपालिकाको नामाकरण गरिएको हो । बाँकेका प्रथम किसान सहिद् हुन, बैजनाथ थारु । थारु तत्कालीन व्यवस्था परिवर्तनका निम्ति संघर्षशील एउटा क्रान्तिकारी योद्धा थिए । अदम्य साहस, दृढ संकल्प, आत्मविश्वासका प्रतिमूर्ति थिए । थारुले शैक्षिक योग्यताको हिसाबले औपचारिक शिक्षा आर्जन गर्न पाएनन् । उनले अनौपचारिक शिक्षा गुरुकुलमार्फत् ज्ञान हासिल गरेका थिए । बाँकेका गाउँगाउँमा भारतीय सेनाले किसान आन्दोलनका नेता, अगुवा तथा कार्यकर्ताहरुलाई धरपकड, कुटपिट र कत्लेआम मच्चाएको थियो । भारतीय सेनाकै निर्मम कुटाई र गोली प्रहारले बैजनाथ थारु शहीद भएका थिए ।
    बैजनाथको ऐतिहासिकता
    बाँकेका आठ स्थानीय तहमध्ये एक हो, बैजनाथ गाउँपालिका । साविकका चार वटा गाविस मिलेर गाउँपालिका गठन भएको छ । साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको भएको हो । हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनीतिक पृष्ठभुमि सँग जोडिएको छ ।

    साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो । जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ । पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ ।

    बैजनाथका पर्यटकीय स्थलहरु
    ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक,लघु,घरेलु महिला उद्यमी,कृषि तथा प्रविधि प्रदर्शनी,व्यापार एवं पर्यटन महोत्सव–२०८०’ मा यहाँका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरिने भएको छ ।
    पालिकामा रहेका विभिन्न सम्भावना बोकेका पर्यटकीय स्थलहरुको पनि प्रचार गरिने भएको हो । वडा नम्बर ६ मा रहेको निर्माणाधिन मान सरोवर बोटानिकल गार्डेनलाई आकर्षणका रुपमा व्याख्या गरिएको छ । दर्शकहरुले त्यहाँ प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँनेछन् । वडा नम्बर ३ मा रहेका कन्वा ताललाई प्रर्वद्धन गरिनेछ ।

     

    वडा नम्बर १ मा रहेका गाँभर भ्यालीलाई थप उचाईमा पु¥याउन र पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी बन्ने विश्वास आयोजकले लिएको छ । गाभर भ्याली होमस्टेका रुपमा राष्ट्रिय स्तरमा परिचित छ । सोही स्थानमा रहेका लायन्स पार्कलाई पनि चिनाउन सहयोग पुग्ने विश्वास लिइएको संयोजक विश्वकर्माले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ । यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ ।

  • १० माघ २०८०, बुधबार १२:१० प्रकाशित

  • Nabintech