प्रथम बैजनाथ महोत्सव :बद्री पंगेनी र ‘हाउडे माया’ की गायिकासँगै झुमे दर्शक

  • नमस्ते कर्णाली

  • कोहलपुर : जिल्लाको बैजनाथ-५ कोहलपुर सिटीमा माघ १० गतेदेखि प्रथम बैजनाथ महोत्सव सञ्चालन भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महांसघको आयोजनामा देशिक औद्योगिक,लघु,घरेलु महिला उद्यमी,कृषि तथा प्रविधि प्रदर्शनी,व्यापार एवं पर्यटन महोत्सव-२०८०’ भव्य रुपमा सञ्चालन भइरहेको छ । महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।

    प्रथम बैजनाथ डान्स आइडलसमेत भइरहेको छ । महोत्सवको तेस्रो दिन भने चर्चित गायक बद्री पंगेनीले दर्शक भुmुमाए । प्रथम बैजनाथ महोत्सवमा चर्चित लोकदोहोरी गायक पंगेनीको मुख्य प्रस्तुति थियो । पंगेनीको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । बद्रीले आफ्ना चर्चित गीतहरु सुनाए । बद्रीसँगै महोत्सव अवलोकन गर्न आएका दर्शकले साथ दिएका थिए । यस्तै चर्चित गायिका सिर्जना खत्रीले पनि प्रस्तुति दिएकी थिइन् ।

    यस्तै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । महोत्सवको तेस्रो दिनमा दर्शकको भीड लागेको थियो । महोत्सवमा राखिएका स्टलहरुमा व्यापार समेत बढिरहेको छ । महोत्सवमा जाडो यामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ ।
    कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान । विकास र सम्मृद्धि बैजनाथको अभियान ’ भन्ने मुल नाराकासाथ “ संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिनपनि महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा हरेक दिन स्थानीय देखि राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहनेछन् ।

    प्रतियोगिताको सह आयोजकका रूपमा बैजनाथ गाउँपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रहेको छ । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय गरी ६० बढी कलाकारहरूको प्रस्तुति रहनेछ ।

  • १२ माघ २०८०, शुक्रबार २१:२५ प्रकाशित

  • Nabintech