प्रथम बैजनाथ महोत्सव : आज गायक हेमन्त शर्मा र प्रिती आलेको प्रस्तुति रहने

  • नमस्ते कर्णाली

  • बाँके : कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान । विकास र सम्मृद्धि बैजनाथको अभियान ।।“ भन्ने मुल नाराकासाथ “ संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको चौथो दिन आज आधुनिक गायक हेमन्त शर्माको प्रस्तुति हुने भएको छ । आज आधुनिक गायक शर्मासहित गायिका प्रिति आले लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजन सुमन विश्वकर्माले जानकारी दिए ।

    यस्तै महोत्सव प्रबेशका लागि बिद्यार्थीको लागि रु ५०, अन्यका लागि रु १०० को टिकट ब्यबस्था गरीएको छ भने र जेष्ठ नागरीक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । महोत्सव सफल बनाउनका लागि सम्पुर्णलाई उपस्थित भइदिन पनि आयोजकले सम्पूर्णमा अनुरोध समेत गरेको छ । महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ ।

  • १३ माघ २०८०, शनिबार १४:४५ प्रकाशित

  • Nabintech