कर्णालीका हिमाली जिल्लामा हिमपात (फोटोफिचर )

  • नमस्ते कर्णाली

  • कर्णालीका हिमाली जिल्लामा हिमपात  भएपछी हिमाल सेताम्बे बनेका छन । बुधबार विहान मौसममा आएको बदलीपछि हावाहुरी सुरु भएसँगै बिहीबार बिहानबाट हिमापात सुरु भएको हो।

    लामाे समयपछि हिमापात हुँला कालापत्थरका रुपमा परिणत भएका डाँडा काँडा समेत सेताम्बे देखिएका छन । गत मंसिर महिना अन्तिम सातादेखी बर्षा नभएको जिल्लामा यो पटक हिमपात हुँदा खेतबारीमा लगाइएको गहुँ बालीलाई राहत भएको छ ।

    बिहान पौने ५ बजेबाट हिमपात सुरु भएसँगै जिल्लाका किसान खुसी भएका छन् ।  कर्णालीवासीहरुले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन । गत कार्तिक देखी पुष अन्तिमसम्म खेतबारीमा लगाइएको जेठासीवाली गहुँ, जौ, उवा, मसुरो, मटर लगायतका बालीलाई राम्रो हुने भएको छ ।

    कर्णालीका हिमाली जिल्लाका अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । यसअघि हिमपात र वर्षा नहुदा खाद्यान्न संकट हुने चिन्ता समेत टरेको छ ।

  • १८ माघ २०८०, बिहीबार ११:३९ प्रकाशित

  • Nabintech