कोहलपुर महोत्सव सफल बनाउन उप–समिति सक्रिय

  • नमस्ते कर्णाली

  • कोहलपुर :  आगामी सातादेखि कोहलपुरमा सुरु हुने कोहलपुर महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर र महिला उद्यमी समितिको आयोजनामा महोत्सव माघ २५ गतेदेखि सुरु हुँदैछ । ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’का तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवका लागि स्टल बुकिङ, मञ्च निर्माणदेखि अन्य संरचना तयार गर्ने काम भइरहेको महांसघका अध्यक्ष हेमविक्रम जिसीले बताए ।


    महोत्सवलाई विगतको भन्दापनि पृथक बनाउनको लागि आयोजक लागिपरेको उनले बताए । महोत्सवलाई सफल बनाउनको लागि प्रचार प्रसार र व्यवस्थापनलाई मुख्य प्राथमिकता दिइएको छ । महोत्सव सफल बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको अध्यक्ष जिसीको भनाइ छ । महोत्सवलाई बहुआयमिक तथा पृथक र सफल बनाउन ९ वटा उपसमितिहरु गठन गरिएको उनले बताए । महोत्सव आयोजनार्थ उपसमितिहरुलाई सक्रिय बनाइएको छ । हिमलाल घिमिरेको संयोजकत्वमा सचिवालय तथा सुरक्षा व्यवस्थापन उप–समिति गठन गरिएको छ ।
    यसैगरी नन्दलाल पौडेल संयोजक रहेको निर्माण तथा बाल उद्यान,सरसफाई, खानेपानी,विद्युत व्यवस्थापन उप–समिति,दिपेन्द्र वाग्ले संयोजक रहेको स्टल बुकिङ, प्रायोजक तथा तथा विज्ञापन व्यवस्थापन उप–समिति गठन गरिएको हो । अध्यक्ष जिसीका अनुसार कला संस्कृति,झाँकी व्यवस्थापन उप–समितिको जिम्मा महोदत्त पौडेललाई दिइएको छ । आर्थिक,टिकट छपाई उप–समितिको संयोजकमा बसन्त बहादुर क्षेत्री रहेका छन् ।

    यस्तै प्रचार प्रसार यातायात तथा पार्किङ व्यवस्थापन उप–समितिको नेतृत्व इश्वर शर्माले गरेका छन् । अतिथि सत्कार,मञ्च सजावट,उद्घाटन र समापन व्यवस्थापन उप–समितिको संयोजक कल्पना भण्डारी रहेकी छन् । अनुगमन,मूल्यांकन व्यवस्थापन उपसमितिको संयोजकमा शेषकान्त शर्मा र स्मारिका प्रकाशन उप–समितिको संयोजकको जिम्मा जयश्वर पौडेललाई दिइएको अध्यक्ष जिसीले बताए ।

    कोहलपुरमा घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र निर्माणका लागि महोत्सव सञ्चालन गरिने भएको छ । जिल्लाको विकासउन्मुख सहरको रुपमा रहेको कोहलपुरमा घरेलु तथा औद्योगिक संग्राहलय र अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

  • १९ माघ २०८०, शुक्रबार १२:५० प्रकाशित

  • Nabintech