कोहलपुरमा माघ २७ गतेदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर नगरपालिकाको आयोजनामा आगामी माघ २७ गतेदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सुशील कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरस्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने बताए ।

    कोहलपुर क्षेत्रको खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितालाई सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको आचार्यले बताए । कोहलपुरको खेलक्षेत्रको विकासका लागि महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता महत्वपुर्ण रहेको उनको भनाइ छ । प्रतियोगिताले महिला क्रिकेट खेलाडीहरुको आत्मबल समेत बृद्धि गर्ने विश्वास लिएको आचार्यले बताए ।
    यस्तै नेपाली राष्ट्रिय महिला टिमका पूर्व कप्तान एल बी क्षेत्रीले नेपाल क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा प्रतियोगिता पहिलोपटक सञ्चालन गरिएको बताएका थिए ।

    उनका अनुसार नेपाली महिला क्रिकेटको कोहलपुरका पहिचान स्थापित गर्नको लागि प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितालाई राष्ट्रिय स्तरकै प्रतियोगिताका रुपमा विकास गरिने उनको भनाइ छ । ‘प्रतियोगिताको नाम हामीले सुशील कोइरालाको नामबाट राखिएको छ । उहाँ नेपालकै अभिभावक हो । त्यसैले प्रतियोगिताको नाम रहेको हो,’ उनले भने ।

    प्रतियोगितालाई थप ब्यबस्थित बनाउनका लागि चिन्तामणी धितालको संयोजकत्वमा सम्पन्वय समिति समेत बनाइएको छ । प्रतियोगिता बाँके जिल्ला मै पहिलोपटक हुन लागेको हो । प्रतियोगिता पाँच वटा टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सञ्चालन र व्यवस्थापनको जिम्मा भने कोहलपुर नगर स्तरीय खेलकुद समितिले गर्नेछ । समितिका अध्यक्ष बुद्धिबहादुर थापाले प्रतियोगिता भव्य र सभ्य हुने बताए ।

  • २२ माघ २०८०, सोमबार १२:३६ प्रकाशित

  • Nabintech