बुढिनन्दाले जित्यो १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

  • नमस्ते कर्णाली

  • बाजुरा– १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढीनन्दा नगरपालिकाले जितेको छ ।‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगिताको उपाधि बुढीनन्दाले जितेको हो । कोल्टीस्थित जनप्रकाश माद्यामिक विद्यालयको प्राङ्गणमा पहिलो पटक सञ्चालन भएको प्रतियोगितामा नौ वटै पालिकालाई पछि पार्दै उपाधि जित्न सफल भयो ।

    बुढीनन्दाले यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको नगरपालिकाका जिल्ला खेलकुद समितिले बताएको छ । नगरपालिकाले सबैभन्दा १८ वटा स्वर्णपदक जित्न सफल भया भने २१ रजत, ३ कास्य पदक जितेको हो । प्रतियोगितामा बडीमालिका नगरपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ । बडिमालिकाले १८ स्वर्ण,१४ रजत र ६ वटा कास्य पदक जितेको छ ।

    यसैगरी खप्तड छेडेदह गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ । गाउँपालिकाले ८ स्वर्ण,१४ रजत र ४ कास्य पदक जितेको छ । १४औ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गतेबाट सुरु भएको थियो । समापन सत्रमा बोल्दै जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको बताए । उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यावाद व्यक्त गरे ।

    समापन सत्रमा बोल्दै बुढिनन्दा नगरपालिका प्रमुख जनक बोहराले बुढीनन्दामा भएको प्रतियोगिता सफल भएको दाबी गरे । उनका अनुसार बुढीनन्दामा भएको प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न भएको छ । प्रतियोगिता समापन सत्रमा विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
    १५औँ संस्करण आगामी वर्ष बुढीगंगामा हुने
    बाजुरामा आगामी वर्ष सञ्चालन हुने १५ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगा नगरपालिकामा हुने भएको छ । आइतबार बुढीनन्दा नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा उपाध्यक्ष माया कुँवरले ओलम्पीक झण्डा उठाउँदै १५ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगामा सञ्चालन हुने बताइन् । यस अघि सदरमुकाम मार्तडीमा हुदैँ आएको जिल्ला स्तरीय प्रतियोगिता गत वर्ष खप्तड छेडेदह गाउँपालिका भएको थियो ।

    यसवर्ष बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाकी उपाध्यक्ष कवँरले आगामी वर्ष २०८१ सालमा आफ्नो पालिकामा प्रतियोगिता सञ्चालन हुने बताइन् । कार्यक्रममा ओलम्पिक झण्डा उठाउँदै आफ्नो पालिकामा प्रतियोगिता सञ्चालन हुने र यसलाई सभ्य, भब्य र मर्यादित बनाउन सवै सरोकारवाला निकायको सहयोगको अपेक्षा रहेको बताइन् ।

    १५औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्नका लागि सवैको साथ सहयोग र सपोर्ट रहने बताए । अर्काे वर्ष बुढीगंगा नगरपालिकामा प्रतियोगिता सञ्चालनका लागि स्थान छनोट गरी उपाध्यक्ष कुवँरलाई जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले ओलम्पिक झण्डा प्रदान गरेका छन् ।

     

  • २२ माघ २०८०, सोमबार १२:३८ प्रकाशित

  • Nabintech