कोहलपुर महोत्सवको तयारी तीव्र

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुरमा माघ २५ गतेदेखि सञ्चालन हुने महोत्सव महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर र महिला उद्यमी समितिको आयोजनामा महोत्सव माघ २५ गतेदेखि सुरु हुँदैछ । ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’का तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।


    महोत्सवको अन्तिम तयारी भइरहेको महांसघका अध्यक्ष हेमविक्रम जिसीले बताए । उनका अनुसार महोत्सवका लागि स्टल बुकिङ, मञ्च निर्माणदेखि अन्य संरचना तयार गर्ने काम भइरहेको छ । महोत्सव सफल बनाउन ९ वटा उप–समिति गठन गरिएको छ । समितिलेहरुले महोत्सवको विभिन्न पाटोको तयारी गरिरहेको जिसीले बताए । महोत्सव आयोजना स्थलमा अहिले मुल गेट, स्टेजदेखि अन्य संरचना निर्माणको काम भइरहेको छ । महोत्सवलाई बहुआयमिक तथा पृथक र सफल बनाउन ९ वटा उपसमितिहरु गठन गरिएको उनले बताए ।

    औद्योगिक संग्रहालय स्थापना गर्ने र तालिम केन्द्र निर्माणको लागि पहल गर्ने महोत्सवको उद्देश्य रहेको छ । यसैगरी नव व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने,महोत्सवमा कृषि,पर्यटन तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उनले उक्त अवसरमा बताएका थिए । प्रादेशिक महोत्सव भएकोले लुम्बिनी प्रदेश भित्रका नविनतम् उत्पादनलाई प्रदर्शनी ल्याउन कोशिस गर्ने आयोजकको योजना रहेको छ ।

    कृषकहरुलाई प्रोत्साहनका लागि कृषि उत्पादनलाई प्रदर्शनीमा राख्नुका साथै उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यक्रमको रुपमा महोत्सव अवधिभर टक शो सञ्चालन गरिनेछ । । ‘पाँचौ प्रादेशिक औद्योगिक, लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एंव पर्यटन महोत्सव–२०८०’ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

  • २३ माघ २०८०, मंगलवार १०:५१ प्रकाशित

  • Nabintech