प्रेस चौतारी नेपालको २६औंँ स्थापना दिवस : बाँकेका चार जना पत्रकार सम्मानित

  • नमस्ते कर्णाली

  • कोहलपुर :  प्रेस चौतारी नेपालको २६औंँ स्थापना दिवस बाँकेमा पनि मनाइएको छ । ‘समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीका मूल मर्म’ भन्ने मूल नाराका साथ जिल्ला शाखा र कोहलपुर नगर किमिटीले दिवस मनाएका हुन् । दिवसको अवसरमा जिल्लामा क्रियाशील पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा र कोहलपुर नगर कमिटीले अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।


    जिल्ला शाखाको आयोजनामा ‘मिडियाको दीगोपनाको लागि जनप्रतिनिधि भूमिका’ र नगर कमिटीको आयोजनामा ‘स्थानीय निकायको विकास सञ्चारको भुमिका’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा ‘रेशम बिरही पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका अग्रज पत्रकार झलक गैरै र क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार सरला सुवेदी पुरस्कृत भएका छन् ।

    दिवसको अवसरमा कोहलपुरका दुई जना सञ्चारकर्मी सम्मानित भएका हुन् । नगर कमिटीले दुर्गाप्रसाद बेल्बासे स्मृति पुरस्कारबाट कोहलपुरका दुई वटा रेडियोमा कार्यरत रेडियोकर्मीलाई नगद् र सम्मान पत्रसहित सम्मान गरेको हो ।पुरस्कृत हुनेमा रेडियो मिसनका स्टेशन म्यानेजर बैकुण्ठप्रसाद अधिकारी रेडियो प्रतिबोध एफ.एम.मा कार्यरत पवित्रा परियार रहेका छन् । परियार नेपाल पत्रकार महासंघ बाँके शाखाकी कार्यसमिति सदस्यसमेत हुन् ।

    पुरस्कार ग्रहणपछि बोल्दै सञ्चारकर्मी अधिकारीले पुरस्कारले आफूलाई थप हौसला मिलेको बताए । उक्त अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सुवेदीले मोफसल पत्रकारितामा थुप्रै सम्भावना रहेको बताए । उनले पत्रकार सधै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बताए । यस्तै जिल्लाका सम्पूर्ण पत्रकारहरु सबै एकजुट भएर जानुपर्ने र कमीकमजोरी सच्याउन आवश्यक रहेको सुवेदीको भनाइ थियो ।

    लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पत्रकारहरुले भुइँमान्छेका कथाहरु लेख्नुपर्ने बताइन् । नेकपा एमाले बाँकेका सचिवालय सदस्य बलराम भट्टराईले देशमा विद्यामान अस्थिरता रोक्न मिडियाले भुमिका खेल्नुपर्ने बताए । नेकपा एमालेका पुर्व लुम्बिनी प्रदेश सदस्य खिल प्रसाद भुसाल कोहलपुर क्षेत्रमा क्रियाशील पत्रकारहरुको प्रोत्साहनका लागि १५ हजार रासीको पुुरस्कार दिने घोषणा गरेका थिए ।

    उक्त अवसरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष कल्पना अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका शाखाका उपाध्यक्ष र प्रेस सेन्टर नेपाल बाँकेका शाखाका अध्यक्ष राजेश आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
     

  • २३ माघ २०८०, मंगलवार १०:५४ प्रकाशित

  • Nabintech